Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

महाशिवरात्रिको तयारी : सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

काठमाडौँ । महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रलाई फोहोरमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज बिहान राममन्दिर अघि सफाइ गरिएको हो । सफाइबाट १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए । सफाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकालको समेत उपस्थिति थियो ।

सफाइ अभियानपछि मन्त्री ढकालले महाशिवरात्रिका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा राख्नुपर्नेमा जोड दिए । महाअभियानका प्रमुख अभियान पूर्वमुख्य सचिव लीलामणि पौडेल, शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य देवीप्रसाद बराल, सफाइ अभियानकर्मी एवं कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार, महानगरपालिका–८ का जनप्रतिनिधिलगायत कोषका कर्मचारी एवं अभियानकर्मी गरी ४०० भन्दा बढीको सक्रियता थियो ।

महाशिवरात्रिपछि फागुन २९ गते शनिबार पुनः पशुपतिनाथ मन्दिरको राममन्दिर प्राङ्गणमा सरसफाइ गरिने अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए ।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथको उत्तर पश्चिमी भागमा पनि सफाइ गरिएको छ । विष्णुमती नदी माथिल्लो भाग सफाइको २७औँ हप्तामा त्यस क्षेत्रमा सफाइसहित नदी किनारमा फोहोर फालेमा कानूनी कारवाहीको दायरामा ल्याइने जानकारी गराइएको अभियानकर्मी रामकुमार श्रेष्ठले बताए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत परे पनि निरन्तर हुँदै आएको छ । महाअभियान शुरु भएपछि वाग्मतीका सहायक नदी पनि सफाइ गर्न थालिएको छ । उपत्यकाबाहिर पनि मुख्य शहर, नदी गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

वाग्मती सफाइ महाअभिायनका विषयमा छलफल गर्न आज दिउँसो ४ बजे महानगरपालिका–११ विशेष बैठक बस्ने जनाइएको छ । बैठकमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत वाग्मती किनारका सबै शिवालयमा सफाइ गर्ने विषयमा छलफल गरिने जनाइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies