Khabar Dabali Logo
  April 12, Mon

रसुवागढी नाकाबाट व्यापारिक कारोवार आजबाट पुनः शुरू

धुन्चे । ल्होछार पर्वका कारण बन्द नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज पहिलो दिन चिनियाँ ठूलो सात वटा कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो ।

रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पुर्याएका सामग्री नेपाली १५ वटा कन्टेनरमा राख्ने काम सम्पन्न भई भन्सार प्रक्रिया अगाडि बढेको हो । मेशिनरी औजार तथा काठका फर्निचर, जुत्ता, तयारी पोसाकजस्ता मालवस्तु आयात भएका र ती सामग्री छिटो भन्दा छिटो काठमाडौँ पठाउन जाँच परीक्षण कार्यलाई समेत तीव्रता दिइएको छ ।

नेपालीको दशैँ जस्तै चीनको तिब्बतमा वर्षको एक पटक कम्तीमा तीन हप्ता मनाइने ल्होसार मान्न सबै कामदार घर घरमा जाने भएका कारण बन्द भएको व्यापारिक कारोबार अबका दिनमा निरन्तर हुने भन्सार कार्यालयले जनाएको छ । सामग्री परीक्षणका लागि कार्यालयले यथेष्ट जनशक्ति परिचालन गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

गत तीन महिना अगाडिदेखि रसुवामा कोरोनाको सङ्क्रमण शून्यमा झरिसकेको र कोरोनाविरुद्धको खोपसमेत लगाउन शुरू भई सबै नागरिक भयरहित वातावरणतर्फ फर्किसकेकाले जिविकोपार्जनका लागि गर्दै आएका पेशा वा व्यवसाय निर्धक्क साथ अगाडि बढाउन सुझाव दिएको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले बताए ।

रसुवागढी नाका क्षेत्रमा काम गर्ने भन्सार, अध्यागमन कार्यालयका कर्मचारी, मजदूर तथा ढुवानीका सवारी साधन चलाउने चालकसमेतलाई एक महिना अगाडि नै कोरोनाविरूद्धको भ्याक्सिन लगाइ सकिएको बताउँदै प्रमुख भन्सार अधिकृत रेग्मीले सीमा क्षेत्रमा अब कोरोनाको आशङ्का नगर्न सबै पक्षसँग आग्रह गरिएको बताए ।

कोरोना सङ्क्रमणको जटिल समस्या आई देश लकडाउन भएका बेलादेखि हालसम्म चिनियाँ भूभागमा रोकिएका सवारी साधन १८ वटा मात्र भएको पाइएको र ती सवारी साधन लिन जान चाहने सवारीधनीलाई आफ्नो संस्थाको तर्फबाट पहल गरिने रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए ।

फागुन २२ गते, २०७७ - ११:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप

आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप

याङ्गुन । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी...   

अझै मेलम्चीको पानी वितरण भएन

काठमाडौँ । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका...   

शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा

काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिदेखि...   
“कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू”

“कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू”

काठमाडौँ । दोस्रो चरणमा फैलिरहेको कोभिड–१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय...   

अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

सिरहा । अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहान नगरपालिका–२३ गाढिया चोकमा सुन चाँदी...   

बुटवलमा ३ जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको...   

पानी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुई तल्लामा रहेको पानी ट्याङ्कीमा...   

भारतमा कोरोना बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट...   

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

तेहरान । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय...   

यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

आडेन । यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top