Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

देउवालाई प्रधानमन्त्री अफर नगर्ने ओलीको घोषणा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका दुवै समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचार आइरहँदा प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षबाट कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरिएको दाबी गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शुक्रबार सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बनिदिनुस् भनेर आफूहरू कतै नहिँडेको र हिँड्दा पनि नहिँड्ने बताए । ‘एउटा अलिकति भ्रम छर्न खोजिएको छ । हामीले प्रधानमन्त्रीको यसलाई प्रस्ताव राख्यौँ, उसलाई प्रस्ताव राख्यौँ भनेर । हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढंगले राख्नेवाला छैनौँ । प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका पनि छैनौँ, राख्दा पनि राख्दैनौँ ।’

ओलीले प्रचण्ड–नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावमा पनि आक्रोश पोखे । दुईतिहाइ फोडेर अरूसँग प्रधानमन्त्री पद खाइदेऊ भन्दै प्रचण्ड–नेपाल पक्ष हिँडेको ओलीको आरोप छ । ‘आफ्नो दुईतिहाइ फोडेर छाड्ने, भाँडेर छाड्ने, भत्काएर छाड्ने, आफ्नो प्रधानमन्त्री हटाएर छाड्ने, किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न, खाइदिनुस् भन्न अन्त जाने ?’ ओलीले भने ।

सिंहदरबारमा भएको प्रचण्ड–नेपाल पक्षको दलको बैठकलाई लक्षित गर्दै ओलीले भने, ‘संसदीय दलको बैठक गर्दै छन् भन्ने सुनेको थिएँ । कुन दलको थाहा छैन । दलको नेता म यहाँ छु । थाहा छैन, उहाँहरू लाग्नुभएको छ मरिमेटेर । मलाई उहाँहरू देखेर अचम्म लाग्छ पनि, लाग्दैन पनि । किनभने उहाँहरू त्यस्तै हो । त्यसकारण अचम्म पनि लाग्दैन ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies