Khabar Dabali Logo
  April 19, Mon

कोरकटर मेसिनद्वारा कालोपत्रको गुणस्तर जाँच

कर्णाली । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो । यसअघि बनेका सडक बनेको दुईरतीन महिनामै कालोपत्र उप्कने र बाहिर आँखाले मात्र गरिएको अवलोकनले गुणस्तरको वास्तविकता थाहा नभएकाले चालु आर्थिक वर्ष २०७७/७८ बाट कोरकटर मेसिनबाट कालोपत्र सडकको गुणस्तर जाँचकार्य शुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।

“सडक कालोपत्र भएको एक हप्ताभित्रै हामीले कोरकटर मेसिनबाट गुणस्तर जाँच गर्छौँ”, निर्देशक पौडेलले भने, “यसले निर्माण व्यवसायीले मापदण्डानुसार सडक पक्की गरे÷नगरेको बेलैमा जानकारी हुन्छ ।” उनले पक्की सडकको मोटाइ चार सेन्टिमिटर हुनुपर्ने र कालोपत्र गरिएको सडकको गुणस्तर जाँच गर्दा मापदण्डअनुसार हुनुपर्ने बताए । आधुनिक मेसिनबाटै पक्की सडकको गुणस्तर जाँच शुरु गरिएकाले अब निर्माण व्यवसायीले कमजोरी गर्न नपाउने र त्यसो गर्नेलाई छुट पनि नहुने उनको भनाइ थियो । निर्देशक पौडेलका अनुसार कर्णालीमा निर्माण हुने पक्की सडकका लागि अब कोरकटर मेसिनबाटै गुणस्तर नापिने छ ।

बिहीबार निर्देशनालयले वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामबाट मूलबजारसम्म जोड्ने सडकमा गरिएको कालोपत्रको तीन स्थानमा कोरकटर मेसिनबाटै गुणस्तर मापन गरेको थियो । चालु आवको असार मसन्तसम्म प्रदेश राजधानी सुर्खेतमा ३२ किलोमिटर सडक कालोपत्र गरिने निर्देशनालयले जनाएको छ ।

फागुन २१ गते, २०७७ - १२:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इच्छाकामनाको चनौटेदेखि ढुङ्ग्रेसम्म साढे २०० घरधुरीमा विद्युतीकरण

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण...   

योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी

पोखरा । कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन...   

गलकोटस्थित विद्यालयलाई जुट्यो ५० लाख सहयोग

बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले थालेको ‘जनहित शैक्षिक सहयोग (कोषवृद्धि)’...   

पूर्व स्वास्थ्य मन्त्री सुवालको निधन

काठमाडौँ । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा...   

मानव बेचबिखन आरोपमा ४० वर्षीय कुमार पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको...   

स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र...   

गाउँपालिकाद्वारा नयाँ जन्मिने शिशुलाई तीन हजार दिने व्यवस्था

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको...   

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : सभापति देउवा

गोदावरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई...   

कोरोना कहर : भारतबाट फर्किनेको लर्को, जाने घटे

राँझा । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को...   

बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न सम्बन्धित पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top