Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ । खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा रु ११ लाख बजेट उपलब्ध गराएको छ । मकवानपुरमा एथ्लेटिक्स ट्र्याक हालसम्म निर्माण भएको थिएन ।

यसअघि जिल्ला एथलेटिक्स सङ्घ मकवानपुरले हुप्रचौरभित्र ट्र्याक निर्माण गर्ने नाममा केही रकम खर्च गरेर योजना बीचैमा अलपत्र बनाएको थियो । अब क्याम्पाचौरमा एथलेटिक्स ट्र्याक निर्माणले पूर्णता पाउने हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँले जानकारी दिए ।

यस वर्ष प्यारापिटको जग निर्माण गरिसक्ने र आगामी वर्ष माथिल्लो भाग निर्माण सक्ने योजना छ । प्यारापिट निर्माणका लागि आगामी वर्ष उपयुक्त बजेट उपलब्ध गराइने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । पिप्ले युवा क्लबले ट्र्याक मात्र नभई मैदानको दक्षिणतर्फ प्यारापिट पनि निर्माण गर्ने भएको छ । कङ्क्रिट प्यारापिटका लागि उपमहानगरबाट रु २० लाख बजेट उपलब्ध भएको छ ।

मैदान सम्याउने र घाँस उमार्ने काममा हाल पिप्ले युवा क्लब व्यस्त छ । विगतमा कार, मोटरसाइकल सिक्ने मैदानका रूपमा प्रयोग हुँदै आएको क्याम्पाचौरलाई तारजाली लगाएर सुरक्षित गरिएको छ । पिप्ले युवा क्लबले मैदानबाहिर हरियाली बगैँचा पनि निर्माण गर्दैछ । रुख, फलफूलका बिरुवा रोपण गरेर मैदानलाई हरियाली बनाउने योजना क्लबको छ । डिभिजन वन कार्यालय मकवानपुरले बगैँचासहितको संरचना निर्माणका लागि रु १० लाख उपलब्ध गराएको छ । क्लबले खुला जिमहाउससमेत निर्माण गर्ने योजना बनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies