Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

देशले विकासको गति लिई सक्यो, अब मुलुक पछाडि फर्कदैन : प्रधानमन्त्री ओली

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने स्थिति नरहेको बताउनुभएको छ । आज सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन नदी तटमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशामा अघि बढेको कुरामा ढुक्क हुन जनतासँग आग्रह गरे ।

“यो आयोजना सम्पन्न भएसँगै एक लाख ८५ हजार बिघा जग्गामा सिँचाइ सुविधा पुग्नेछ, मधेशका फाँट हराभरा हुनेछन्”, उनले भने, “आयोजनाले ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष लिएको छ ।” आयोजनाको सफलतासँगै सिन्धुलीसहित मधेशका जिल्लामा किसान नयाँ युगमा प्रवेश गर्ने प्रधानमन्त्रीको भनाइ छ । सरकार दत्तचित्तसाथ समृद्धि अभियानमा लागेको हुँदा अब जनताका दुःखका दिन चाँडै सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

“देशले विकासको गति लिई सक्यो, तपाईहरु ढुक्क हुनुहोस् ।”, प्रधानमन्त्री ओलीले जनतालाई आवश्त बनाउँदै भने, “अब मुलुक पछाडि फर्कदैन ।” यो आयोजनासँगै सुनकोसी कमला डाइभर्सन आयोजना निर्माणको काम थालिने र त्यसले एकलाख ७० हजार बिघा जमीनमा सिँचाइ सुविधा पुर्याउने प्रधानमन्त्रीको भनाइ थियो ।

“अब प्रदेश–२ हराभरा बगैँचा बन्नेछ”, प्रधानमन्त्रीले भने, “मलाई मधेश विरोधी भन्नेहरु यी आयोजनाको सफलताबाट नाजवाफ हुनेछन् ।” यो आयोजना नहरमात्र नभएर विद्युत् उत्पादन र सिञ्चाई सुविधाले जमीन मुनीको पानीको सतहमाथि ल्याउने भएको हुँदा बहुद्देश्यीय भनिएको प्रधानमन्त्री ओलीको भनाइ छ । आयोजनाले हिमाली नदीको पानीलाई पहाडी नदीसँग जोडेर मधेश झार्ने भएकोले तीनै भूगोलका जनतालाई जोड्ने ओलीले बताए ।

प्रधानमन्त्री ओलीले कोविड–१९ विरुद्धको लडाइँ नेपालीले जित्दै गएका उल्लेख गर्दै आफ्नै नेतृत्वको सरकारले पूर्वपश्चिम हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको बताए । त्यसैगरी मुलुकबाट फुसको छाना विस्थापित गरी जस्ताको छाना लगाउने काम भइरहेको चर्चा गरे । मुलुक अब आधुनिकतातर्फ प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबको तिहारमा नेपाली विद्युतीय बसमा चढेर यात्रा गर्ने बताए ।

समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सुनकोशी–मरिन डाइभर्सन आयोजना मुलुकको आर्थिक क्रान्तिको महत्वपूर्ण हिस्सा बन्ने उल्लेख गरे । त्यसैगरी समारोहमा शहरी विकासमन्त्री प्रभु साहले प्रदेश–२ को विकासमा सुनकोशी मरिन र सुनकोशी–कमला डाइभर्सन आयोजना महत्वपूर्ण उपलब्धि हुने उल्लेख गरे ।

समारोहमा प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरिएको आयोजना समयमै सम्पन्न गर्न सङ्घीय सरकार र सम्वद्ध पक्षसँग आग्रह गरे ।

समारोहमा आयोजनाका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले कार्य सम्पन्न भएपछिका दिनमा आयोजनाबाट वार्षिक रु १० अर्ब आर्जन हुने बताए । नेपाल सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने लक्ष्य लिएको र आव २०८२÷८३ सम्म आयोजना निर्माण गरिसक्ने समय सीमा तय गरिएको महानिर्देशक राजभण्डारीको भनाइ छ ।

आयोजनाको शिलान्याससँगै प्रदेश–२ का आम किसानमा आफ्ना दिन फिर्ने नयाँ आशा पलाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies