
अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले भुक्तानी पाएन एक करोड

-
-
फागुन २० गते, २०७७ - १९:३१

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि भुक्तानी नदिँदा मजदूर समस्यामा परेका छन् । आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेको डेढ वर्ष बितिसक्दासमेत भुक्तानी नपाएको रौताहा कन्स्ट्रक्सन कम्पनीका निर्देशक भीमबहादुर थापाले जानकारी दिए ।
अरुण तेस्रो आयोजनाको ड्याम साइडमा भारतीय पटेल इञ्जिनीरिङ लिमिटेडले काम गरिरहेको छ । सोही कम्पनीसँग रौताहा कम्पनीले रु २० करोडको पेटी ठेक्कामा काम गरेको थियो । त्योमध्ये रु १७ करोड अरुण तेस्रोले भुक्तानी दिएको तर रु एक करोड ४९ लाख ९० हजार ६६ भुक्तानी लिन बाँकी रहेको निर्देशक थापाले बताए ।
काम सम्पन्न गरेर पटकपटक भुक्तानीका लागि धाउँदा पनि भुक्तानी गर्न आलटाल गरिरहेको उनले बताए । गत कात्तिक १ गते रु ८६ लाखको भ्याट बिल काटेर पनि अहिलेसम्म भुक्तानी नपाएको निर्देशक थापाले बताए । रौताहा कम्पनीले अरुण तेस्रोमा विसं २०७५ भदौदेखि काम शुरु गरी २०७६ साउनभित्र तोकिएबमोजिमको काम सम्पन्न गरेको छ ।
आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेर भुक्तानी माग गर्दासमेत बेवास्ता गरेपछि मजदूरलाई भुक्तानी दिन नसकिएको र बैंकले समेत धितो लिलाम गर्ने अवस्था सिर्जना भएको निर्देशक थापाको भनाइ छ । फ्याक्सिन्दा ड्याम साइडदेखि सुन्तले ब्रिज निस्कने अडिट दुईदेखि अडिट तीन जोड्ने क्षेत्रमा काम गरेको पैसा हालसम्म भुक्तानी नदिएको रौताहा कन्स्ट्रक्सनका निर्देशक थापाले बताए ।
सुरक्षागार्डले दुई वर्षदेखि भुक्तानी पाएनन्
अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसमा काम गर्ने सुरक्षागार्डले दुई वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । आयोजनाले गरुड सुरक्षागार्ड कम्पनीका सुरक्षागार्डलाई दुई वर्षदेखिको भुक्तानी नदिएको गरुड सुरक्षागार्ड कम्पनीका प्रदेश नं १ का प्रमुख देवराम राईले जानकारी दिए ।
अरुण तेस्रोले दुई वर्षदेखि सुरक्षागार्डलाई भुक्तानी नदिएको प्रमुख राईले बताउनुभयो । अरुण तेस्रोले रु नौ लाखभन्दा बढी रकम भुक्तानी नदिएको उनले जानकारी दिए । अरुण तेस्रोमा अन्य निर्माण कम्पनी र मजदूरलाई समेत समयमा तलब, भत्ता नपाएको बताइएको छ । अरुण तेस्रोले समयमा पारिश्रमिक र काम गरेको पैसा नदिएको भन्दै पटकपटक आन्दोलन हुने गरेको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय एसजेविएन सतलज कम्पनी गरिरहेको छ । उक्त अरुण तेस्रो जलविद्युत् आयोजना मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्यामसाइट र चिचिला गाउँपालिका–३ पुखुवामा पावारहाउस निर्माण भइरहेको छ ।
उक्त अरुण तेस्रो परियोजनामा कूल रु एक खर्ब ४४ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । सन् २०२३ भित्र आयोजना निर्माण सम्पन्न हुने जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना
नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँगे्रसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...काठमाडौँ उपत्यकामा कडाइ : लगाइएको मास्क जथाभावी फ्याँक्नेलाई कारवाही
काठमाडौ । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको...वैशाख २७ भित्रै कतारी रियाल साट्न आग्रह
काठमाडौ । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय...हटाइए काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल
काठमाडौ । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा...संसद् अधिवेशन अप्रत्याशित अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात्...भारतीय ट्रकको ठक्करबाट साइकल यात्री मेचेको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय ट्रकको ठक्करबाट साइकल...पार्टी विरोधी गतिविधि गर्ने थप आठ जना नेतालाई स्पष्टीकरण
काठमाडौँ । नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी...अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन : प्रवक्ता गुरुङ
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई...कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु
राँझा । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा...बोक्सीको आरोपमा मुस्लिम महिलामाथि निर्घात कुटपिट
जलेश्वर । बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा...

प्रतिकृया लेख्नुहोस्:
- जापानले पाँच मिनेटमै काेराेना सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो
- कोरोनाविरुद्धको दोस्रो खोप मंगलबारबाट लगाउन शुरु, झण्डै साढे चार लाख जना लाभान्वित हुने
- १० अर्बको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना, छिट्टै आईपीओ निष्काशन हुने
- राजस्थानविरुद्ध चेन्नईको शानदार जित
- संसद् अधिवेशन अप्रत्याशित अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति