Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

चितवन । निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाएका छन् । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ ।

कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उनको नेतृत्वको दाउन्ने कर्पोरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । कर्पोरेटको कार्यकारी निर्देशक पोखरेल हुन् । विसं २०५१ मा आफ्नै काकासँग मिलेर काठमाडौँमा पोल्ट्री फार्म शुरु गरेको पोखरेलले त्यसको पाँच वर्षपछि आफूले फार्मसँगै ट्रेडिङको व्यापार शुरु गरेका थिए । दाउन्ने ट्रेडर्स नामक कम्पनीबाट उहाँले व्यवसाय शुरु गरे । त्यसको केही वर्षपछि विसं २०६३ मा चितवनमा उनको व्यवसाय विस्तार भयो । साझेदार हुुनुहुन्थ्यो राजकुमार गुरुङ । पोखरेलले सम्झना गरे, “शुरुमा बुबाले काकासँगको साझेदारमा केही रकम शेयर राखिदिएको भए पनि त्यसपछिका दिनमा त्यही रकमले व्यवसाय विस्तार हुँदै गएको हो ।” बुबा सुरेन्द्र र काका डा टीका पोखरेलको लगानीको साझेदारी पोल्ट्री फार्मलाई पोखरेल आफ्नो व्यवसायको शुरुआती मान्नुहुन्छ ।

गुरुङसँग साझेदारी हुँदा उहाँहरुले रु ५० लाख लगानी गरे । आजसम्म आइपुग्दा उनको नेतृत्वको कम्पनीमा लगानी रु दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ । उक्त रकममा बैंकको लगानी पनि रहेको छ । ती कम्पनीमा १२० भन्दा बढी साझेदार छन् । यद्यपि पोखरेल परिवारको लगानी आधाभन्दा बढी पुगेको छ । त्यसैले निर्णायक भूमिकामा रहेर पोखरेलले काम गर्ने अवसर पाएका छन् । विगतलाई सम्झँदै उनले भने, “चितवनमा दाउन्ने ट्रेडर्स शुरु हुँदा तीन दिनमा एक बण्डल क्रेट मात्रै बिक्री भएको थियो ।” उनीहरुको कम्पनीले दाना र चल्ला किसानलाई दिने र किसानबाट अण्डा उठाउने गर्दथ्यो । यसै दौरानमा काठमाडौँमा अण्डा बिक्री गर्नेलाई पनि पोखरेलले साझेदार बनाउँदै ल्याए । झण्डै १० जना साझेदार पुगेपछि आफैँले दाना उद्योग खोल्ने र किसान पनि साझेदार बनाउने उनको योजना बन्यो । यसैअन्तर्गत विसं २०६८ मा किसान दाना उद्योग सञ्चालनमा आयो । यससँगै उद्योगले शुरुमा दैनिक आठ टन दाना उत्पादन गर्ने गरेकामा अहिले यस कम्पनीले दैनिक ४० टन मास दाना उत्पादन गर्दछ ।

पोखरेलको भनाइमा नेपालको सबैभन्दा ठूलो मास दाना उनीहरुकै हो । त्यसो त किसान दानासँगै विसं २०७० बाट उनीहरुकै अगुवाइमा दाउन्ने भेट शुरु भयो जसले कुखुराको औषधि बिक्री व्यवसाय गर्दै आएको छ । यसबाट सस्तो मूल्यमा आफ्ना किसानले औषधि पाएको पोखरेले बताए । व्यवसाय विस्तारकै क्रममा पोखरेलको नेतृत्वको समूहले नवलपरासीको दुम्किबासस्थित विनयी त्रिवेणी गाउँपालिकामा ३६ बिघा जग्गा खरिद गरेर अत्याधुनिक प्रविधिको कुखुरा फार्म शुरु गरेको छ । जर्मनी र मलेसियाको उपकरण जडित अत्याधुनिक उक्त फार्ममा हाल दुई लाख कुखुरा रहेका छन् । एक वर्षभित्रमा दुई लाख थप गरी चार लाख कुखुरा पुर्याउने उनको लक्ष्य रहेको छ । त्यसो त तीन वर्षभित्र यो सङ्ख्या आठ लाख पुर्याउने पोखरेले बताउ । त्यतिबेला उनीहरुकै लगानी रु चार अर्ब ५० करोड पुग्नेछ । पोखरेलले भने, “विश्वकै आधुनिक प्रविधिलाई पछ्याएर कम लगानीमा धेरै उत्पादन गर्ने गरी हामी काम गर्दैछौँ ।” त्यहीँ प्राङ्गारिक मल उद्योग पनि उहाँकै कम्पनीले स्थापना गरेको छ । बजारमा मल लैजाने चरणमा कम्पनी पुगेको छ ।

पोखरेलका सबै कम्पनीमा १२० हाराहारी साझेदार छन् । उनीहरु सबै कुनै न कुनै हिसाबले कम्पनीसँग व्यवसाय र रोजगारीमा जोडिएका छन् । एक सय ८० जनालाई रोजगारी दिएको कम्पनीको महत्वपूर्ण भूमिकामा काम गर्ने कर्मचारी अधिकांशको धेरथोर शेयर रहेको छ । पोखरेले भने, “काम गर्ने साथीहरुलाई आफूसँग रकम नभए बिना ब्याजमा कम्पनीले नै सापटी दिएर साझेदार बनाएको छु ।” रु पाँच लाखदेखि माथि आफूले सकेसम्म कर्मचारीको शेयर राख्न पाउने व्यवस्था उनको कम्पनीमा छ ।

पोखरेलले अण्डा उत्पादन गरेसँगै बजारीकरणमा पनि विशेष ध्यान पुर्याएका छन् । उनको भनाइमा अब एक वर्ष छ महिनाभित्रमा देशका ३० जिल्लामा आफ्नै बिक्री केन्द्र पुर्याइँदै छ । हालसम्म काठमाडौँ, भक्तपुर, ललितपुर र सुर्खेतमा बिक्री केन्द्र खुलिसकेका छन् । आफैँ उत्पादन गरेर उपभोक्ताको घर नजिकै पसलसम्म अण्डा पुर्याउने लक्ष्य रहेको छ । हाल पोखरेलको कम्पनीमा दैनिक तीन लाख ६८ हजार ५०० अण्डा सङ्कलन हुन्छ । सोमध्ये एक लाख ६८ हजार अण्डा आफ्नै फार्मको हो ।

निरन्तरको सङ्घर्षबाट ४५ वर्षको उमेरमा मिलेको यो सफलता धेरैका लागि पाठ हुनसक्छ । एकअर्काका परिपूरक एउटै प्रकृतिका व्यवसाय भएका कारण पनि उनलाई सफलता चुम्न सहज भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies