Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

खेर गएको जमीनमा व्यावसायिक रुपमा एभोकाडो खेती गर्दै

वाग्मती । पहाडी भेगमा रहेको पाखो तथा खेती गर्न नसकिने जमीनले पनि अबको दिनमा करोडौंको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ मकवानपुर जिल्लाकोे मनहरी गाउँपालिका–४ का कृष्णबहादुर न्यौपानेको खरबारी । न्यौपानेले खेती गर्न नसकिने अवस्थामा रहेको पाखो जग्गामा व्यावसायिक रुपमा एभोकाडो (ध्यू फल) खेती गर्दै आएका छन् ।

खरबारीको रुपमा रहेको जग्गालाई उनले अहिले व्यावसायिक रुपमा फलफूल एभोकाडो खेती गर्दै आएका हुन । न्यौपानेले आजभन्दा साढे दुई वर्षअघि लगाएको एभोकाडो पाँच वर्षमा फल दिने गरी तयार हुन्छ । करीब दुई बिघा क्षेत्रफलमा रोप्नुभएको एभोकाडो उत्पादन शुरु भएपछि वार्षिक दुई करोडसम्मको फल बिक्री गर्न सकिने न्यौपानेले प्रारम्भिक अनुमान छ ।

एभोकाडोको बिरुवा अहिले करीब साढे दुई वर्षको भएको उनको भनाइ छ । केही वर्ष अगाडि आम्दानीको स्रोत नभएपछि वैदेशिक रोजगारमा गएको न्यौपानेले दुई वर्षसम्म दुःख गर्दा आफू गएको ऋण तिर्नमात्र सकेको बताए । उनले भने, “विदेश भनेर धन कमाउन जानु बेकार रै’छ, पैसा त हाम्रै माटोमा पो फल्नेर’छ । यो पाखोले पनि दीर्घकालीन रुपमा योजना बनाइएमा आर्थिक आम्दानी दिन्छ भनेर मैले सोंचेको पनि थिइन ।”

उनले थपे, “मेरो भाइले यो खरबारीमा एभोकाडो लगाउने सल्लाह दियो, त्यसैअनुसार गरेँ । यसको बजार पनि रामै्र रै’छ, फेरि आर्थिक आम्दानीको दृष्टिकोणले समेत राम्रो कमाइ हुने रहेछ । यसमा अन्य खेतीबालीको जस्तो दुःख पनि छैन ।” करीब दुई बिघा क्षेत्रफलमा न्यौपानेले ३५० वटा एभोकाडोको बिरुवा रोपेका छन् । एक बोटले तीन क्विन्टलसम्म फल दिने प्राविधिकले बताएको उनको भनाइ छ । उक्त जग्गामा तारबारसहित जम्मा रु १० लाख लगानीमा शुरु गरेको यस फलफूल खेतीले अबको साँढे दुई वर्षभित्र आम्दानी दिने प्राविधिकले बताएको न्यौपानेले जानकारी दिए ।

काठमाडौँको एक नर्सरीबाट प्राविधिक सहयोगसहित बिरुवा खरीद गरिएको र फल तयार भएपछि पनि सो नर्सरीले नै खरीद गर्ने शर्तसमेत गरिएको उनको भनाइ छ । यसैगरी हेटौँडा उपमहानगरपालिका–१३ निवासी सञ्चाकर्मीसमेत रहेका रिपेश दाहालले पनि आफ्नै घरमा एभोकाडोको सामान्य नर्सरी स्थापना गरेका छन् । तत्कालका लागि थारै क्षेत्रफलमा एभोकाडोको नर्सरी स्थापना गरे पनि विस्तारै बढाउँदै लैजाने दाहालको भनाइ छ ।

माग राम्रो भएकाले आफूले पनि भविष्यमा एभोकाडो खेतीलाई व्यावसायिक रुपमा अघि बढाउने लक्ष्य रहेको उनले बताए । वाग्मती प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई एभोकाडो खेतीतर्फ आकर्षण गर्न किसानलाई एभोकाडोको बिरुवा वितरण गर्ने कार्यको थालनी गरेको छ ।

प्रदेशअन्तर्गतको विभिन्न जिल्लाका रहेका कृषि ज्ञान केन्द्रमार्फत विभिन्न प्रजातिका फलफूलका बिरुवासँगै एभोकाडोको बिरुवासमेत किसानलाई वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता सुलोचना श्रेष्ठले जानकारी दिए ।

पारिवारिक निजी वन महासङ्घकी महासचिव आरती पाठकले नेपालमा खेती नहुने पाखो जमीन प्रसस्त रहेको र त्यस जमीनबाट किसानलाई करोडौं आम्दानी हुने रुख तथा फलफूल खेती गर्न सकिने बताए । उनले भने, “हामीले खेती गर्न नसकेर घाँसपातको लागि मात्र प्रयोग गर्दै आएको जमीनमा कम मेहनतबाटै करोडौं रुपैयाँ आम्दानी गर्न सक्ने रहेछौँ भनेर अहिले धेरै किसानले बुझिसक्नुभएको छ ।” उनले थपे, “फेरि हाम्रो माग भनेको जसरी हामीले पूर्जा भएको जमीनमा लगाएका बाली बेच्न पाउछौं रुखलाई पनि सोही तरिकाले बेच्न पाउनुपर्छ भन्ने हो ।” पारिवारिक निजी वनमा भएका रुख बिरुवा बेच्नलाई राज्यले नै सहज बनाउनुपर्ने उनको भनाइ छ ।

मकवानपुरमा हाल धेरै जनाले पारिवारिक निजी वन दर्ता गरेको र सो वनबाट आम्दानी गर्न उन्मुख रहेको पाठकले बताए । हालसम्म पारिवारिक निजी वनबाट अम्रिसो तथा जडीबुटीसमेत उत्पादन भइरहेको जानकारी दिए । वाग्मती प्रदेशसभा सदस्य मुनु सिग्देलले नीति निर्माण गर्ने समयमा नै पारिवारिक निजी वनबाट किसानलाई राहत दिने विषयमा सोच्नुपर्ने बताए । उनले भने, “विभिन्न बोटबिरुवा रोप्न र हुर्काउन पनि सरकारले अनुदान दिनुपर्ने अवस्थामा उनले यस्ता क्षेत्रमा ध्यान दिन सके राष्ट्र समृद्ध हुने छ ।”

जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीले जग्गा बाँझो रहन नदिन र यस्ता उदाहरणीय कार्य गर्न समितिले पहल कदम चाल्ने बताए । बजारमा एभोकाडोको प्रतिकेजी बजार मूल्य न्यूनतम रु ३०० देखि अधिकतम रु ५०० मा बिक्री वितरण हुने गर्दछ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies