
कामपाले दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण गर्दै

-
-
फागुन १९ गते, २०७७ - ०९:५५

काठमाडौ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको मर्मतको कामलाई पनि तीव्रता दिएको छ । अहिले वीर अस्पताल अगाडिको आकाशे पुल मर्मतको काम भइरहेको छ । यहाँको काम सकेसँगै आवश्यकता हेरी अन्य स्थानमा पनि काम अघि बढाइने कामपाको तयारी छ । कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन् ।
भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन् । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । त्यसैगरी नयाँ पुल निर्माणको पहिलो चरणमा चावहिल र पुरातत्व विभाग अगाडि निर्माणको काम सम्पन्न गरी प्रयोगमा नै आइसकेका छन् । पुलको आवश्यकता धेरै स्थानमा छ र भएकाको पनि मर्मतको काम त्यत्तिकै आवश्यकता रहेकाले कामपाले यी दुवै कामलाई अघि बढाएको प्रवक्ता डङ्गोलको भनाइ छ ।
तत्काल आठ स्थानमा पुल बनाउने योजना कामपाको छ । दुई स्थानका सम्पन्न भइसके, तीन स्थानमा निर्माण चरणमा छन् र अन्य पनि शुरु गर्ने तयारी छ । तत्काल निर्माण भएका र आगामी दिनमा निर्माण गरिने सबै पुल आवश्यकतानुरुप एक स्थानबाट अन्यत्र सहजै स्थानान्तरण गर्न सकिने किसिमको छ ।
दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना छ । सवारी साधनको अत्यधिक चाप हुने ती क्षेत्रमा त्यस्ता पुल अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति
खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु
पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ
वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने
काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो
गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै
भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने
काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै
तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...

प्रतिकृया लेख्नुहोस्:
- जङ्गल सफारीका लागि राखिएका निजी हात्ती विस्थापित हुँदै
- खोलामा डुबेर दुईको किशोरीको मृत्यु
- नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग
- मुलुकको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्ति आवश्यक छ : अध्यक्ष कमल थापा
- कोरोना संक्रमितको संख्या ६०० नाग्यो, काठमाडौंमा मात्रै २५४ जना संक्रमित