Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा डोजर चल्यो

श्रीमान मन्त्री, श्रीमती नगर प्रमुख

रौतहट । सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा रौतहटको मौलापुुरमा किसानको गहुँबालीमा डोजर लगाइएको छ । शिवरात्रिको मेला तथा सांस्कृतिक कार्यक्रम आयोजनास्थल बनाउन मन्त्री साहले गहुँबालीमा डोजर लगाउन निर्देशन दिएका हुन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - मन्त्रीको निर्देशनपछि सोमबार ना. १ ग ८०५ नम्बरको डोजरले एक बिघा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको गहुँबाली मैदान बनाइएको छ । डोजरले गहुँबाली फाँड्दै गर्दा केही किसान धरधरी रोइरहेका थिए । केही किसानले रगत–पसिना एक गरेर लगाएको बाली पाक्ने वेलामा मन्त्रीको निर्देशनमा नष्ट गरिँदा आफूहरूमाथि अन्याय भएको बताए ।

स्थानीय एक सञ्चारकर्मीले बनाएको भिडियोमा शिवकली देवी (५८) ले धुरुधुरु रुँदै आफ्नो ११ कट्ठा खेतमा लगाइएको गहुँबाली नष्ट गरिएको बताइन् । ‘यस वर्ष पहिलेभन्दा गहुँ राम्रो फलेको थियो । यस्तो वेला नगरपालिकाले गहुँमा डोजर लगाउँदा मेरो कलेजो च्यातिए जस्तो भइरहेको छ,’ रुँदै शिवकलीले भनेकी छिन् । उनका श्रीमान् कामेश्वर साहले ११ कट्ठा खेतमा लगाइएको गहुँबालीको १५ सय प्रतिकट्ठाका दरले क्षतिपूर्ति दिएर डोजर लगाइएको जानकारी दिए ।

मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले किसानलाई क्षतिपूर्ति दिएरै गहुँबालीमा डोजर लगाइएको बताए । ‘शिवरात्रिका अवसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने गरी मेला आयोजना गरिँदै छ । त्यसक्रममा पुरातात्विक महादेव मन्दिरमा भगवान् शिवको पूजा–अनुष्ठान गरिँदै छ,’ साहले भने, ‘त्यसका लागि क्षतिपूर्ति दिएरै स्थानीयको एक बिघा पाँच कट्ठा खेतमा लगाइएको बालीमा डोजर लगाइएको हो ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले ११ कट्ठामा लगाइएको गहुँ, १० कट्ठमा लगाइएको मुसुरो र चार कट्ठामा लगाइएको प्याज बालीको क्षतिपूर्ति दिइएको बताए । ‘गहुँको १५ सय प्रतिकट्ठा, मुसुरोको २५ सय प्रतिकट्ठा र प्याजको दुई सय प्रतिकट्ठाका दरले किसानलाई नगरपालिकाले पैसा दिएको छ,’ उनले भने ।

श्रीमान मन्त्री, श्रीमती नगर प्रमुख
मौलापुर मन्त्री साहको गृहनगर हो । मन्त्री साहकी श्रीमती रिना साह मौलापुर नगरपालिकाकी प्रमुख हुन् । ‘मन्त्री साहले नै त्यहाँ रहेको पुरानो महादेव मन्दिरमा पूजापाठ गराउँदै आएका छन्, उनीहरू नै हर्ताकर्ता छन् । त्यसैले उनकै निर्देशनमा नगरपालिकाबाट किसानलाई क्षतिपूर्तिको नाममा केही रकम दिएर खेतमा डोजर लगाइएको हो,’ एक स्थानीयले भने ।

मन्त्री साहले भने आफूलाई बदनाम गराउन आफ्ना विरोधीले महिला रुँदै गरेको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेको दाबी गरे । ‘पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले २७ फागुनमा पर्ने महाशिवरात्रिका वेला मेला आयोजना गर्न लागेको छ । सोही मेलाका लागि स्थानीयको खेतमा लगाएको बालीको क्षतिपूर्ति दिएर खेत सम्याउने काम भएको हो,’ नयाँ पत्रिकासँग कुरा गर्दै मन्त्री साहले भने, ‘मलाई बदनाम गराउन मेरा विरोधीले गलत प्रचार गरेका हुन्, यसमा मेरो संलग्नता छैन ।’

गत वर्षको फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर साहले महादेव मन्दिरको प्रांगणमा मधानी महायज्ञ लगाएका थिए । त्यसवेला प्रमुख अतिथि रहेकी राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरका मूलभट्टद्वारा मन्त्रोच्चारण गराई उक्त मन्दिरमा विशेष पूजा गरेकी थिइन् । यसपटक पनि राष्ट्रपतिलाई बोलाउने प्रयास गरिएको, तर समय टुंगो लाग्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

मेलामा नेपाली तथा भारतीय कलाकारलाई समेत बोलाइएको छ । शिवरात्रिको दिन भोजपुरी चर्चित अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे चिन्टुलगायत कलाकारले नृत्य प्रस्तुत गर्ने मौलापुर नगरपालिकाले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies