Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

ताप्लेजुङमा किन भइरहन्छ ठूला आगलागी ?

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन् । ५५ परिवार विस्थापित भएका छन् । भौतिक क्षति यकिन भइसकेको छैन । बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ताप्लेजुङमा यही वर्ष आगलागीका तीन ठूला घटना भएका छन् । माघ २० गते सिरिजंघा–१ सिनाममा पाँच घर जले । पुस दोस्रो साता पाथीभरा मन्दिर क्षेत्रमा लागेको आगो महिना दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । जसमा १५० हेक्टर वन नष्ट भएको थियो । मन्दिर समेत जोखिममा पारेको थियो । फुङलिङ बजारको पुरानो बैंक लाइनमा वैशाख १९ गते राति १२ घर जले । २८ परिवार विस्थापित भए । त्यहाँका विस्थापित अझै तंग्रिन सकेका छैनन् ।

‘एकपछि अर्को गरेर निरन्तर आगलागी हुन थाल्यो’, फुङलिङका मेयर छत्रपति प्याकुरेलले भने, ‘यसले हामी उच्च जोखिममा परिरहेका छौं । यस विषयमा गम्भीर बहस आवश्यक छ ।’ यसअघि वीरेन्द्र चोक, तोक्मे क्षेत्र, शेर्पा टोल र टुक्रेमा आगलागीका ठूला घटना भएका थिए ।

वीरेन्द्र चोकमा २०६० चैत १५ गते भएको आगलागीमा ४५ घर जल्दा ५१ करोड हाराहारीमा क्षति भएको थियो । त्यसैगरी २०७१ चैत ९ गते तोक्मे बजारमा भएको आगलागीमा ४४ घर जल्दा ३० करोड रुपैयाँ मूल्यबराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । त्यसअघि २०६९ माघमा शेर्पा टोलमा आठ घर जलेका थिए । जसमा २ करोड ५० लाख र २०७० साल कात्तिकमा टुक्रे बजारमा पाँच घर जल्दा १ करोड ५० लाखको क्षति भएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies