Khabar Dabali Logo
  April 15, Thu

सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउँछौँ : अध्यक्ष नेपाल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन् । भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौ र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा आज यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले स्व अधिकारीले शुरुआत गरेको सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पुर्याउँने प्रतिबद्धता व्यक्त गरे ।

फाउण्डेशनका संरक्षक रहेका अध्यक्ष नेपालले अधिकारीको दीर्घकालीन सोच र विकासको अवधारणाअनुसार विसं २०५१ मा ग्रामीण क्षेत्रका जनताको जीवनस्तरका उकास्न तथा गाउँको विकासका लागि ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रममा त्यस बेला निकास गरिएको रु तीन लाख रकम अहिले रु ३० करोडबाट भएर जनताको मुहारमा खुशी आएको धारणा राखे । उनले पार्टीको सङ्गठन विस्तारमा एवं संविधान निर्माणमा स्व अधिकारीको ठूलो भूमिका रहेको चर्चा गर्दै देश विकास, ज्येष्ठ नागरिकको मुहारमा मुस्कान, अशिक्षा, गरिबी निवारणमा निरन्तर छलफल एवं कार्य गरेको स्मरण गरे ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतले मृत्यु हुन लागेका संविधान र संसद् ब्युताइदिनु जनता र सत्यको जीत भएको धारणा राखे । उनले राजनीतिक निकास एवं नयाँ प्रधानमन्त्री चयनका लागि वर्तमान नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने तर्क गरे ।

फाण्डेशनका अध्यक्ष सोमप्रसाद पाण्डे अधिकारीकी छोरी लीमा अधिकारी, प्रा भेषप्रसाद धमला र सुरेशराज शर्माले स्व अधिकारी राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय विकास कानूनीका ज्ञाता र मृदुभाषी र सरल र दीर्घसोध भएको व्यक्तित्व भएको बताए । सो अवसरमा २३ अग्रज कम्युनिष्ट नेता र १२५ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

फागुन १८ गते, २०७७ - २०:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...   

उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु

पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...   

आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ

वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...   

काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...   

यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो

गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...   
चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...   
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...   

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...   
तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top