Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लागुऔषधको जालो भत्काउँदै प्रहरी

महेन्द्रनगर । दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ ।

खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन र ब्राउनसुगरलगायतका लागुऔषधको कारोवार गर्ने मुख्य गिरोहको पहिचान गरिसकेको छ । पछिल्लो केही दिनयता लागुऔषध नियन्त्रणमा गति बढाएको प्रहरीले भारतीय र नेपाली गिरोहका मुख्य दुई व्यक्ति पक्राउ गरेपछि लागुऔषध कारोवारको जालो भत्काउन प्रहरी सफलतातर्फ उन्मुख देखिएको छ ।

डेढ महिनामा लागुऔषध कारोवार र उपभोग गर्ने ३२ पक्राउ गरेको प्रहरीले ठूलो परिणाममा पक्राउ परेका लागुऔषध कारोवार गर्ने गिरोका भारतीय र नेपाली युवकलाई पक्राउलाई आफ्नो सफलता मानेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ लामो समयदेखि भारतबाट लागुऔषध आयात हुने र यहाँबाट लुकीछिपी चरेश भारत जाने गरेको छ ।

लागुऔषध दुव्र्यसनमा परेका युवाकै कारण समाजमा घटना बढिरहेको आँकलन गरेको प्रहरीले अहिले सीमा क्षेत्रमा सक्रियरुपमा त्यसमा संलग्न कारोवारीलाई नियन्त्रणमा लिने र यहाँका विभिन्न स्थानमा लागुऔषध न्यूनीकरणका लागि सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ । डेढ महिनाअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्नु भएका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले लागुऔषध कारोवारमा सक्रिय ठूला गिरोहमाथि अत्यधिक निगरानी बढाइएको बताए ।

“यहाँ आएको थोरै समयमा मैले २० देखि ३० प्रतिशत लागुऔषध नियन्त्रणको दायरामा ल्याइसकेको छु ।” उनले भने, “यस चालु आर्थिक वर्षमा मात्रै ३९० ग्राम खैरो हिरोइन बरामद गरेको छौँ, यो ठूलो परिणाम हो ।” उनले युवा पिढी लागुऔषध र अन्य दुव्र्यसनमा लिप्त देखेपछि त्यसको नियन्त्रणका लागि कारवाही र सचेतना सँगसँगै थालेको बताए । प्रहरीले कञ्चनपुरको दक्षिण क्षेत्रबाट भारत हुँदै नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका मुख्य व्यक्ति भारतीय नागरिकलाई गत माघको अन्तिम साता यहाँको बेलौरी क्षेत्रबाट पक्राउ गरिसकेको छ ।

भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत शारदा बस्ने ३२ वर्षीय सुच्चा सिंहलाई पक्राउ गरेपछि भारतमा बसेर नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहमाथि प्रहरी जानकार छ ।

“अझै दुई भारतीय त्यो क्षेत्रबाट लामो समयदेखि यहाँ लागुऔषध ब्राउनसुगर पढाउने गरेका छन् ।” उनले भने, “भारतीय गिरोहका पहिचान भइसकको भए पनि यहाँको सीमा क्षेत्रमा पैठारीका लागि नआउँदा नियन्त्रणमा लिन सकिएको छैन ।” सोही गिरोहका सिंहलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको उनले बताए ।

“लागुऔषध मुद्दामा ९० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।” उनले बताए, “भारतबाट यहाँ लागुऔषधको कारोवार गर्ने गिरोहलाई पक्राउ गर्न भारतीय पक्षसित पनि समन्वय गर्छौं ।”

त्यसैगरी माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित यहाँको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको थियो । अभियुक्त चौधरी पनि सो क्षेत्रमा सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न हुने गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार ब्राउनसुगर र खैरो हिरोइन उच्चकोटीको लागुऔषध हो ।

प्रहरीले कञ्चनपुर र कैलालीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा समेत लागुऔषध पैठारी गर्ने गिरोहमाथि कारवाही थालेको छ । अन्यत्र चरेस, नाइट्राभेटलगायतका लागुऔषध बढी प्रयोग गर्ने गरेको देखिए पनि यहाँ ब्राउनसुगर र खैरोहिरोइनको प्रयोगकर्ता र कारोवारमा बढी संलग्न देखिएको प्रहरीले जनाएको छ । योजनाबद्ध अपराधबाहेक सबै घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता देखिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लागुऔषधका २६ वटा मुद्दा चलिरहेका छन् ।

कारसहित अर्का नाइके पक्राउ

लागुऔषध नियन्त्रण अभियानमा सक्रिय रहेको प्रहरीले दुई दिन अघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र लागुऔषध ब्राउनसुगरसहित दुईलाई नियन्त्रणमा लिएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट भारतीय यूके ०६ एक ३४२५ नम्बरको कारसहित सोही ठाउँका २९ वर्षीय विक्रम ठकुल्ला र २९ वर्षीय दीपेन्द्र सुनारलाई पक्राउ गरेको हो ।

“कारमा लागुऔषध ओसारपसार गरिरहेकोे सूचनाका आधारमा झलारीबाट दुवै अभियुक्तलाई पक्राउ गरेका हौँ ।” प्रहरी उपरीक्षक चर्तुवेदीले भने, “दुवैको साथबाट ४६ पिस ब्राउन सुगरका प्याकेट र चार दशमलव ८० ग्राम खुल्ला धुलो फेला पारेको छ ।” प्रहरी अनुसन्धानले झलारीबाट पक्राउ गरेका युवक कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्ला बैतडी र डडेल्धुरासम्म ब्राउनसुगर पठाउने गरेका थिए । “समाज सुधार्न यहाँ युवालाई सही बाटोमा लगाउन आवश्यक देखियो ।” उनले भने, “अब लागुऔषधको जालो भत्काउने अभियानमा प्रहरी लागिसक्यो ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies