Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

किम्ताङमा रहेका विद्यालयलाई कम्युटर र अभिभावकलाई न्यानो कपडा वितरण

त्रिशूली । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा रहेका दुई विद्यालयलाई कम्युटरसहितको स्वास्थ्य सरसफाइका सामग्री र अभिभावकलाई न्यानो कपडा वितरण गरिएको छ ।

चन्द्रदेवी आधारभूत विद्यालय र सानुकिम्ताङ माध्यमिक विद्यालयलाई उक्त विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा ‘एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ मार्फत तीन–तीन थान कम्युटरसहित शिक्षक–विद्यार्थीको लागी कोरोना रोगको सक्रमणबाट बच्न स्वास्थ्य मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सरसफाइका सामग्री उपलब्ध गराइएको हो । ट्रष्टको तर्फबाट सानुकिम्ताङ माविलाई रु दुई लाखको कम्युटर, रु एक लाख बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ३०० भन्दा बढी अभिभावकलाई रु तीन लाख बराबरको न्यानो कपडा (ज्याकेट) उपलब्ध गराइएको हो ।

चन्द्रदेवी माविको लागि रु दुई लाखको कम्युटर, रु ५० हजार बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ११० अभिभावकलाई रु एक लाखभन्दा बढीको न्यानो कपडा (ज्याकेट) उपलब्ध गराइएको ट्रष्टका संरक्षक अजुर्ननरसिंह केसीले जानकारी दिए । दिवङ्गत आमाबुबाको नाममा स्थापना भएको ट्रष्टमार्फत नुवाकोट र रसुवालगायतका जिल्लामा शिक्षा र स्वास्थ्यमा सहयोग कार्यक्रम चलाउँदै आएकाले यसलाई विशुद्ध समाजसेवाको रुपमा सहयोग गरिएको उनको भनाइ छ ।

माथिल्लो किम्ताङमा रहेको सानुकिम्ताङ माध्यमिक विद्यालयको आइतबार आयोजित ५५औँ वार्षिकोत्सव र चन्द्रदेवी माविको गत मङ्गलबार आयोजित २४औँ वार्षिकोत्सवको अवसरमा ‘एशोदादेवि–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ले सहयोग सामग्री उपलब्ध गराएको हो । उक्त सामग्री प्रदान गर्न ट्रष्टको तर्फबाट संरक्षक अजर्नुनरसिंह केसी, अध्यक्ष डा केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी, प्रजातान्त्रिक विचार समाजका नेता कुलचन्द्र वाग्ले, गोकर्ण अर्यालसहितको टोली विद्यालयमा पुगेका थिए ।

जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र एवं उच्च पहाडी भूभाग भएकाले उक्त बस्तीका अभिभावकलाई न्यानो कपडा वितरण गर्नाले विद्यार्थीलाई नियमित विद्यालय पठाउन उत्साह मिल्ने तथा विद्यालयलाई उपलब्ध गराइएको कम्युटरले प्रशासनिक कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ । आर्थिक अभावको कारण गम्भीर बिरामी भएका सानुकिम्ताङ माविमा अध्ययरत विद्यार्थीको तीनजना अभिभावकलाई ट्रष्टले आफ्नै खर्चमा उपचार गरिदिने प्रतिबद्धता जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies