Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कर्मचारीबाटै सहकारीको १८ लाख हिनामिना

सेफको नक्कली चाबी बनाएर रकम चोरी, श्रीमान्–श्रीमती पक्राउ

काठमाडौं । चोरीको नाटक गरी सहकारीको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले सहकारीकै कर्मचारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा सिंहदेवी–७ की ३१ वर्षीया सावित्री सुवेदी छिन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई गत २८ माघमा पक्राउ गरेको हो । अदालतबाट म्याद थप गरी उनीविरुद्ध थप अनुसन्धान भइरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरीका अनुसार सुवेदीले नयाँबानेश्वरको सुविधानगरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाको १७ लाख ८५ हजार ५६५ रुपैयाँ हिनामिना गरेको खुलेको छ । घटनामा संलग्न रहेको आशंकापछि प्रहरीले उनका श्रीमान् कपिल खड्कालाई पनि पक्राउ गरेको छ । रकम हिनामिना गर्ने सुवेदी सात वर्षदेखि सहकारीमा कार्यरत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।

‘सहकारीको रकम हिनामिना गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने दम्पती हुन् । अनुसन्धानका क्रममा सावित्रीले रकम हिनामिना गरेको देखिन्छ । यसका लागि उनले सहकारीको सेफको नक्कली चाबी बनाएको देखिन्छ । दुवैविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ बस्नेतले भने ।

प्रहरीका अनुसार सात वर्षदेखि अधिकृतका रूपमा कार्यरत सुवेदीले ग्राहकको रकम बुझ्थिन् । रकम लगेर सेफमा राख्थिन् । सेफको चाबी सुरक्षित तवरले राखिएको हुन्थ्यो । सुवेदीले सोही साँचोको नाप लिएर अर्को नक्कली साँचो बनाइन् । सेफ अब सावित्री आफैले खोल्न र बन्द गर्न सक्ने भइन् ।

सहकारीमा कोही नभएको मौका छोपी उनले सेफ खोल्थिन् र आवश्यक रकम लिएर हिँड्थिन् । केही अवधि यो क्रम निरन्तर चल्यो । रकम गणना गर्दा नपुगेको देखिएपछि सहकारी सञ्चालकबाट खोजी हुन थाल्यो । यसको सुइँको पाएकी सवित्रीले २५ माघ साँझ सहकारी चोरी भएको खबर प्रहरीलाई गरिन् ।

प्रहरी घटनास्थल पुग्यो । अनुसन्धान गर्दा सेफको साँचो खोलिएको भेटियो । फुटाएर सेफ खोलिने ठाउँमा साँचो प्रयोग भएको पाइएपछि प्रहरीको शंका कर्मचारीतर्फ मोडियो । प्रहरीले सहकारीको सिसीक्यामेरा फुटेज अनुसन्धान गर्‍यो । फुटेजमा साँचो लिएर सेफ पुगेको र उनैले सेफ खोली रकम लगेको देखिएपछि प्रहरीले सावित्रीलाई पक्राउ गर्‍यो ।

‘सहकारी चोरी भएको खबर आएपछि प्रहरी तुरुन्तै घटनास्थल पुग्यो । सेफको चाबी फुटेको थिएन । चोरले त चाबी फुटाउनुपर्नेमा त्यो नभएको देखिएपछि कर्मचारीमाथि शंका भयो । सिसीक्यामेरा फुटेज अनुसन्धान गरियो,’ परिसरका प्रवक्ता एसपी बस्नेतले भने, ‘फुटेजमा सावित्री देखिइन् । उनैले चाबी प्रयोग गरी सेफ खोलेको र रकम झिकेको देखियो । उनलाई तुरुन्तै पक्राउ गर्‍यौँ ।’

प्रहरीका अनुसार सावित्रीले सेफ खोल्न भक्तपुरको चाबी पसलबाट नक्कली साँचो बनाएकी थिइन् । चाबी पसलेले पनि सावित्रीले नक्कली चाबी बनाएको बयान दिएको एसपी बस्नेतले बताए । ‘हामीले साँचो बनाउने ठाउँ पनि पत्ता लगायौँ । पसलेलाई सोधपुछ गर्‍यौँ । उनले पनि सावित्रीले नै साँचो बनाएको बयान दिएका छन्,’ उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies