
बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै

-
-
फागुन १६ गते, २०७७ - २१:४३

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ ।
डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो । डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ । यसअघि भागरथीको भजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।
त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।
आरोपितको तेस्रोपटक म्याद थप
भागरथीको हत्यामा संलग्न दिनेशमाथि अनुसन्धानका जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको छ । अनुसन्धानका लागि प्रहरीले तेस्रोपटक थप पाँच दिनको लागि अनुमति पाएको हो । यसअघि फागुन ५ गते पहिलोपटक र फागुन १० गते दोस्रोपटक म्याद थप गरिएको थियो । शुक्रबार तेस्रोपटक अनुमति पाएपछि थप अनुसन्धान काम भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको छ । उनले भने, “आवश्यक पर्ने सबै कुरा जुटाइरहेका छौँ, अनुसन्धानमै छौँ । अहिले नै सबै कुरा भन्न मिल्दैन ।” दिनेश नाबालक रहेकाले २१ दिनभित्र हिरासतमा राखेर अनुसन्धान सक्नुपर्ने हुन्छ । सोहीअनुसार अनुसन्धान कार्य जारी रहेको हो ।
दिनेशले यसअघि प्रहरी, घरपरिवारसहित सरकारी वकिल कार्यालयमा लिइएको बयानमा आफूले नै भारगथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । जिल्ला अस्पतालमा गरिएको भागरथीको शव परीक्षण रिपोर्टमा पनि बलात्कारपछि हत्या भएको उल्लेख छ ।
भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ र आरोपित दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । दिनेश र भागरथी एउटै गाउँका हुन् । उनी दुवैबीच दिदीभाईको नाता पर्दछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति
खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु
पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ
वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने
काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो
गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै
भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने
काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै
तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...

प्रतिकृया लेख्नुहोस्:
- जङ्गल सफारीका लागि राखिएका निजी हात्ती विस्थापित हुँदै
- खोलामा डुबेर दुईको किशोरीको मृत्यु
- नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग
- मुलुकको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्ति आवश्यक छ : अध्यक्ष कमल थापा
- कोरोना संक्रमितको संख्या ६०० नाग्यो, काठमाडौंमा मात्रै २५४ जना संक्रमित