Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अदालतको अवहेलना गरेको छैन : अध्यक्ष प्रचण्ड

काठमाडौ । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अदालतको कार्यसम्पादनमा असर पर्ने गरी नबोलेको लिखित जवाफ पेश गरेका छन् । सर्वोच्च अदालतमा आज आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका अध्यक्ष दाहालले अदालत र न्यायाधीश उपर लाञ्चना लगाउने तथा धम्की दिने काम नगरेको बताए । सार्वजनिकसभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारीणीले संविधानविरुद्ध काम गरेकाले सोबारे जनतालाई सूसुचित गराउन आफ्नो धारणा व्यक्त गरेको उनको जवाफमा उल्लेख छ ।

उनले भनेका छन्, “मैले भनेका कुराले सम्मानित अदालतको अवहेलना हुन सक्दैन, अदालत र न्यायाधीश उपचर लाञ्छना लगाउने, धम्की दिने, न्याय दिने काममा बाधा गर्ने काम गरेको छैन ।” लिखित जवाफमा नेपालको संविधानअनुसार प्रतिनिधिसभा पुनःस्थापना भइरहेको हुनाले अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरिदिन आग्रह गरिएको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले एक हप्ताभित्र लिखित जवाफ लिएर आफैँ उपस्थित हुने आदेश जारी गरेको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा विचारधीन मुद्दामा अभिव्यक्ति दिएको उल्लेख गर्दै उनलाई अदालतको अवहेलनासम्बन्धी मुद्दा अधिवक्ता समीर हायूले दायर गरेका थिए ।

सोही विषयमा सोही प्रकृतिको मुद्दा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले लिखित जवाफ पेश गरिसकेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies