Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत जहाज निर्माता कम्पनी फ्रान्सको एयरबससँग सुरक्षा परीक्षण भई उडान अनुमतिका आधारमा जहाज उडाइएको जनाएको छ ।

सन् २०२१ जनवरी ८ मा कतार, दोहाबाट काठमाडौँ आएको आरए २४० नंको उडान काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ‘हार्ड ल्याण्डिङ’ भएको विषय नियमित ‘फ्लाइट डेटा’ विश्लेषण कार्यक्रममार्फत यही फेब्रुअरी ९ मा पत्ता लगाइएको निगमले जनाएको छ ।

उडानमा संलग्न पाइलटले भर्नुपर्ने ‘म्याण्डेटोरी अकुरेन्सी रिपोर्ट’ ९एमओआर० मार्फत जानकारी गराउनुपर्नेमा नगराइएको पाइएपछि सम्बन्धित पाइलटलाई तत्काल जानकारी माग गरी निजलाई यही फागुन १२ देखि उडान बन्देज लगाइएको निगमले जनाएको छ । सो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबससँग पत्राचार गरी राय माग गर्दा १०० उडान चक्र अवतरण तथा दुई महिनासम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित जाँच गर्नुपर्ने भन्ने जानकारी प्राप्त भएको र सोहीअनुरुप जहाज नियमित उडानमा रहेको निगमले उल्लेख गरेको छ ।

अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणालीबमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईका संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिषकुमार साह तथा डम्बर रावतसमेतको छानविन समिति फागुन ११ मै गठन भई कार्यारम्भ भइसकेको निगमले जनाएको छ ।

हवाई सुरक्षालाई दृष्टिगत गरी छानबिन समितिको प्रतिवेदनका आधारमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुरुप थप कारवाही अगाडि बढाइने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए । उनले भने,“आरए २४० हार्ड ल्याण्डिङ सम्बन्धमा सम्बन्धित विभागले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ भने निगमको छानविन समितिले यसको प्राविधिक पक्ष र औचित्वका बारेमा गहन अध्ययन गरी निष्कर्षमा पुग्ने र आगामी निर्णयका लागि मार्गप्रशस्त हुनेछ ।” निगमको अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारो बडी ए ३२० जहाज छन् । भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies