Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कोरोनाबाट विदेशमा थप ३ जना नेपालीको निधन

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन् ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ को निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६५ रहेकामा दुई लाख ७० हजार ३२५ जना अर्थात ९८ दशमलव छ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

खोप लगाएपछि के हुन्छ ?

स्वास्थ्य समितिमा आबद्ध स्वास्थ्यकर्मीले विश्वमा हाल परीक्षणपश्चात् आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकोले खोप लगाएपश्चात कति समयसम्म शरीरमा एन्टिबडी रहन्छ भन्नेबारे यकिनरूपमा बताउन नसकिने बताएका छन् ।

खोप लगाइसकेकामा विशेषतः तीन सातापछि एन्टिबडी विकास भएको पाइएको छ तर सबै व्यक्तिमा उस्तै किसिमले एन्टिबडी विकास नहुन पनि सक्छ । हाल खोप कम्पनी एवं वैज्ञानिकका अनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टिबडी विकास भई पाँचदेखि छ महिना वा एक वर्षैसम्म पनि एन्टिबडी रहिरहन्छ ।

यद्यपि यसबारे पनि अनुसन्धान जारी छ । साधारणतया खोपको पहिलो डोज लगाएपछि एन्टिबडी विकास हुन थाल्ने र दोस्रो डोज पछि सो स्वतः बढ्दै जाने स्वास्थ्य विज्ञ बताउँछन् ।

शरीरमा एन्टिबडी बनेपछि मेमोरी सेलले निकै लामो समयसम्म कोरोना भाइरसलाई पहिचान गर्ने तथा त्यस्तो भाइरस शरीरमा आएमा एन्टिबडी सक्रिय भएर भाइरसलाई नष्ट गर्ने गर्छ । एकपटक कोरोना सङ्क्रमण भइसकेका मानिसमा त्यसैले पनि सङ्क्रमणको सम्भावना कम हुनसक्छ किनकी उनीहरुमा प्राकृतिक एन्टिबडी विकास भइसकेको हुन्छ तर कति समयसम्म सो एन्टिबडी शरीरमा रहन्छ, यो भने अनुसन्धानको क्रममै रहेको छ ।

त्यसैले स्वास्थ्य समितिले एकपटक सङ्क्रमण भइसकेका र खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनाएको छ । कोभिडको खोप लगाएपछि मृत्यु हुन्छ, दीर्घकालीन असर हुन्छ, यो खोपले डिएनएलाई असर वा नष्ट गर्छ, प्रजनन क्षमता ह्रास हुन्छलगायतका विभिन्न भ्रम फैलिएका छन् ।

यी सबै गलत भएको स्वास्थ्य समितिले जनाएको छ । खोप लगाएकामध्ये केही मानिसमा ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने समस्या देखिन सक्छ तर गम्भीर समस्या देखिएका घटना न्यून छन् ।

पहिलो मात्रा खोप लगाएका व्यक्तिले चार हप्तामा दोस्रो मात्रा लगाउनुपर्छ । दोस्रो मात्रा तीन हप्तादेखि १२ हप्ताको समयमा लगाउन मिल्ने बताइएको छ । दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ तर रगत पातलो बनाउने औषधि खाइरहेका, स्नायुसम्बन्धी औषधि सेवन गरेका, गर्भवती, स्तनपान गरिरहेकालाई भने खोपको सिफारिस नगरिने गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक सापकोटाले बताउनुभयो । लामो परीक्षणपछि ल्याइएकाले पनि यी खोप सुरक्षित रहेको स्वास्थ्य विज्ञहरुले उल्लेख गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies