Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

उनले भने, “दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारको अधिकारका निम्ति स्थापित सङ्घको महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको छ, महाधिवेशनमा साङ्गठनिक छलफल, पत्रकारिता र समावेशितालगायत विषयमा छलफल गर्नुका साथै नयाँ नेतृत्व चयन हुनेछ ।” सङ्घमा देशभरका दुई हजारभन्दा बढी दलित समुदायका पत्रकार आवद्ध छन् ।

सङ्घका हालसम्म ६० जिल्ला शाखा छन् भने काठमाडौँ उपत्यकासहित सात प्रदेश समिति छन् । महाधिवेशनमा ७७ वटै जिल्ला र सबै प्रदेशबाट प्रतिनिधिको सहभागिता हुनेछ ।

महाधिवेशनमा दलित आन्दोलनमा सक्रिय नेता एवं लेखक/पत्रकार टीआर विश्वकर्माको सम्मानमा स्थापित ‘टीआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार’ र राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचीकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायत नेताको चिठ्ठी आदानप्रदान गर्ने राममाया च्यामेका सम्मानमा स्थापित ‘राममाया च्यामे लोक पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।

त्यसैगरी महाधिवेशनमा नेपाली काँग्रेसका संस्थापक सदस्य एवं प्रचार, लेखक तथा नेपाली चलचित्रका पहिलो निर्देशक देवव्रत परियार (डिबी परियार) को सम्मानमा स्थापित ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ र समाजसेवी रामेश्वर शिवाद्वारा स्थापित ‘परशु–सवरी’ पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ । दलित समुदायका पत्रकारको पेशागत हकहित प्रवद्र्धन, पेशागत सुरक्षा, क्षमता अभिवृद्धिलगायतका रचनात्मक काम गर्ने उद्देश्यले विसं २०६७ मा सङ्घको स्थापना गरिएको हो ।

सङ्घले सरकारी तथा निजी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताका हिसाबले समावेशी हुनुपर्ने, दलित समुदायद्धारा सञ्चालित आमसञ्चारमाध्यम नवीकरणमा कर छुट गर्नाका साथै ती सञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्नेलगायत सवाल उठाउँदै आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies