Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कृषिमा यान्त्रीकरण: लागत र समयको बचत, उत्पादन वृद्धि

देउखुरी । कृषिमा यान्त्रीकरण भएपछि दाङका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागतरुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आर्कषण बढेको छ । दाङको घोराही उपमहानगरपालिका–४ का लक्षुराम चौधरीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको ‘गोरुले जोत्न’ छाडेका छन् । उनले अहिले खेतबारी जोत्नका लागि गोरुको ठाउँमा (पावर टिलर) को प्रयोग गर्नेछन् । “कम श्रममा एकैपटक धेरै खेत जोत्न सकिने भएपछि गोरु बेचेर पावर टिलर खरीद गरेको हुँ”, उनले भने, “गोरु पाल्नका लागि घरका अरु सदस्यले घाँस काट्ने, खुवाउने र चराउने काम पनि घटेको छ । पावर टिलर खरीद गरेपछि काम छिटोछरितो भएको छ ।”

पावर टिलरको प्रयोग गरेपछि चार दिनको काम दुई घण्टामा पूरा भएको कृषकको भनाइ छ । कृषि यन्त्रको सहयोगले कृषि कार्यले काममा सहज हुनुका साथै समयको बचत भएको उनले बताए । कृषि उत्पादनमा विगतको तुलनामा दोब्बरले वृद्धि भएको छ । पावर टिलरले जोतेको खेतमा बाली धेरै उब्जनी भएको छ । गोरुले जोतेकोभन्दा धेरै राम्रोसँग माटो जोतिने भएकाले रोपाइँ गर्दा पनि एकदमै छिटो र सजिलो हुन्छ ।

आफ्नो जमीन जोतेर सकियो भने अरुको खेत जोतर आम्दानी पनि हुने गरेको छ, गाउँघरका अरुका खेतबारी जोतेर आम्दानी हुने गरेको छ अहिले आफूसँग कर्नसेलर, पावर टिलर र रिपरलगायतका कृषि यन्त्र रहेको चौधरीले बताए । राप्ती गाउँपालिका–४ का चरण चौधरीले विगत तीन वर्षदेखि खेतबारी जोत्न पावर टिलरको प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गर्ने पावर टिलर अनुदानमै पाएका हुन् ।

पावरटिलरले जोतेको माटो मसिनो र एकनाशले जोतिने भएकाले बाली लगाउनलाई सजिलो हुने र मेलो सजिलै सर्ने गरेको उनको अनुभव छ । यसले कृषि उत्पादनमा समेत वृद्धि भएको कृषक चौधरी बताए । “धान, गहुँलगायतका बाली भित्र्याउँदा विगतमा धेरै जनशक्ति प्रयोग गरेर बाली भित्र्याउनुपथ्र्यो । गोरुको सहायताले दाईं गर्नुपथ्र्यो, खेतबाट खलियानमा ल्याउन र खलियानमा ल्याएको बाली घरमा भित्र्याउनका लागि महिनौँ कुर्नुपथ्र्यो”, उनले भने, “अहिले खेतमै पावर टिलर, ट्र्याक्टरमा ट्राली जोडेर खलियानसम्म बाली ल्याउन सजिलो भएको छ । यन्त्रमा रिपर जडान गरेर धान गहुँ दाउन थ्रेसरको सहायताले छिटो काम हुन थालेको छ ।”

कृषिमा परम्परागत साधनको प्रयोगले पहिलेपहिले मजदूरको सहयोग लिँदा धेरै खर्च हुने गरेको अनुभव रहेको बताउनुहुन्छ कृषक चौधरी । उनले आधुनिक कृषि यन्त्रको प्रयोगले समय र लागतसमेत कम भएको बताए । मजदूर पनि नपाइने भएकाले यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिएको बताउँदै चौधरीले भने, “अब धान रोप्ने यन्त्र पनि ल्याउने सोचाइमा छु ।”

यस्तै घोराही उपमहानगरपालिका–२ निमुरियाकी अनिता चौधरीले पहिले पहिले घरपरिवारको खर्चका लागि मात्र खेतीपाती गर्दै आएकामा कृषिमा सहयोग पुगोस् भनेर पावरटिलर र रिपर अनुदानमा पाएपछि व्यावसायिक तरकारीखेतीमा लागेको बताए । “यन्त्रको प्रयोग भएपछि काममा सजिलो भएको छ, खनजोत गोडमेल गर्न ज्यालामा मजद्ूर खोज्न परेको छैन, घरपरिवारले मात्रै सजिलै काम गर्न सकेका छौँ ।”

व्यावसायिक खेती गर्ने अधिकांशले परम्परागतरुपमा प्रयोग गर्दै आएका कृषि साधनको साटोमा आधुनिक कृषियन्त्रको प्रयोग गरेकाले सबैलाई खेती गर्न सजिलो भएको छ । अहिले यान्त्रिक हलो प्रयोग गर्न थालेपछि गाउँघरमा व्यावसायिक खेती गर्नेको सङ्ख्या बढेको उनले बताए । खतजोत गर्न सजिलो भएपछि ग्रामीण क्षेत्रका कृषकले वर्षभरि नै मौसमी र बेमौसमी तरकारी उत्पादनमा लागेका छन् ।

घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख चोपनारायण खनालले व्यावसायिक किसानलाई छनोट गरी उत्पादकत्व बढाउन सहयोग पुगोस् भनेर ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गर्न थालेको बताए । उनले किसानलाई आवश्यक परेका कृषि औजार माग गर्न किसानको जानकारीका लागि सूचना जारी गरेपछि किसानले मेसिन माग गरेअनुसार प्रक्रिया पु¥याएर कृषियन्त्र वितरण गर्ने गरेको बताए । त्यसमध्ये कम लागतमा साना व्यावसायिक किसानले किन्नसक्ने भएकाले अनुदानमा किसानले पावरटिलरको माग धेरै गरेको उनले बताए ।

कृषि कार्यका लागि किसानले पावर टिलर र औजारको प्रयोग गर्न थालेपछि आम्दानीमा वृद्धि भएको र समयको बचत भएको प्रतिक्रिया छ । यस वर्ष पावर टिलर, रिपर, सिड ड्रिल, मिनी टिलर, कर्न सेलर कृषि यान्त्रीकरण औजार वितरणका लागि प्रक्रिया अगाडि बढाइएको खनालले जानकारी दिए । कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख सन्देश धितालले आधुनिक कृषियन्त्र तथा औजार विगतका वर्षमा किसानलाई पावर टिलर, रिपर, कमानहार्डभेस्टर, रोटावेटर, ठूलो ट्र्याक्टरलगायतका कृषियन्त्र वितरण गरिएको बताए ।

कृषियन्त्र र औजारको प्रयोगले किसानलाई खेतीमा आर्कषण गरेको छ । सरकारले कृषिको उत्पादकत्व बढाई कृषि उत्पादनको लागत खर्च कटौती गर्नका लागि यन्त्रको मूल्यअनुसार ५० देखि ६० प्रतिशत अनुदानमा कृषियन्त्र उपलब्ध गराउन थालेपछि किसानले कृषियन्त्रको प्रयोगलाई प्राथमिकता दिन थालेकाले यतातिर किसानको आकर्षण बढेको छ । साना किसानका लागि पावरटिलर र ठूला किसानका लागि ठूलो टेक्टर अनुदानमा प्रदेश सरकारले विगतका वर्षमा उपलब्ध गराएको थियो ।

किसानले पावर टिलर, रोटा भेटर, तावा, टेक्टर जस्ता यन्त्र प्रयोग गरेर काम गरिरहेका छन् । पछिल्लो समयमा स्थानीय सरकारले यसको व्यवस्थापन गरेसँगै कृषिमा व्यवसायीकरण हुँदै आधुनिक कृषियन्त्रको प्रयोग हुन थालेको हो । स्थानीय सरकारलाई अधिकार दिएपछि पछिल्लो समयमा दाङका १० वटै पालिकाका स्थानीय सरकारले किसानलाई कृषियन्त्र वितरणको काम थालेका छन् । पछिल्लो समय जिल्लाका किसान प्रविधिको प्रयोग गरेर आम्दानीमा वृद्धि भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies