Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

निगमको साखलाई अझ उँचो बनाउँदै यादव

काठमाडौँ । सरकारी संस्थान’ भन्ने बित्तिकै अझै पनि कतिपयको दृष्टिकोण परिवर्तन भइहाल्छ । यस्तो आरोप लगाइन्छ, “संस्थान भनेका सरकारका लागि ‘बोझ’ हुन् । त्यँहा सक्षम व्यक्ति छैनन् , उनीहरुले देश र जनताका पक्षमा काम गर्न सक्दैनन् । आम नागरिकको दैनिक जनजीवनमा गहिरो प्रभाव पार्न पनि सक्दैनन् ।”

केही व्यक्तिका बुझाइजस्तो सबै सार्वजनिक संस्था त्यस्ता छैनन् । नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, नेपाल टेलिकमलगायत संस्थाले पछिल्लो समय आफूलाई अब्बल प्रमाणित गरिदिएका छन् ।

तिनै निकायका कर्मचारी जो जिम्मेवारीमा आएसँगै आफूलाई खरो उतार्दै संस्थानको साखलाई तल पर्न दिएका छैनन् । जनताको सेवामा तल्लीन र सुधारमा केन्द्रित छन् । सरकारको पूर्ण स्वामित्वमा रहेको निगमभित्र पनि केही यस्ता व्यक्ति छन्, जसले आफ्नो अगाडि रहेका सबै चुनौतीलाई अवसरको रुपमा प्रयोग गरेर परिणाम निकाल्न सफल भएका छन् । निगमका तिनै कर्मशील मध्येका एक हुनुहुन्छ – प्रदीपकुमार यादव । उनले जहाँ जुन जिम्मेवारी पायो त्यसलाई कर्म सम्झेर इमान्दारिताका साथ फत्ते पार्दै आएका छन् ।

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको नेतृत्व गरेका उनले निगमको वाग्मती प्रादेशिक कार्यालयको प्रमुखको जिम्मेवारीसँगै डिपो व्यवस्थापनका साथै सेवाप्रवाहलाई चुस्त पार्न लागि पारेका छन् । निगमको दूरगामी महत्वका योजनाको सफल कमाण्डरका रुपमा चिनिएका उनले अहिले पनि सुधारको पाइला तीव्र गतिमा चलिरहेका छन् ।

पेट्रोलियम पदार्थको आयातका लागि भारतमै भर पर्दै आएको नेपालले वर्षौँसम्म ट्याङ्करबाट तेल ओसारपसार गर्नुपथ्र्यो । नेपाली ढुवानी व्यवसायीले भारतमा निकै समस्या र पीडा झेल्नुपर्यो । चेकजाँच, भन्सार जाँचपासलगायतका समस्याले समय र श्रमको निकै खर्च हुन्थ्यो । यसमाथि नेपाली ट्याङ्कर चालकमाथि भारतीयको व्यवहार पनि त्यति राम्रो हुँदैनथ्यो ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजना सम्पन्न भएपछि ढुवानी व्यवासयीका समस्या त समाधान भएका छन् । निगमलाई पनि पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै व्यवाधान भएको छैन । नेपालमा माग हुने डिजेलमध्ये अधिकांश पाइपलाइनबाटै आउँछ । भारतीय सीमा नाकाभन्दा ३६ किलोमिटर वर अमलेखन्जबाट मुलुकका अधिकांश स्थानमा डिजेलको आपूर्ति हुने गरेको छ ।

निगमको इतिहासमै महत्वपूर्ण मानिएको यस परियोजनाको नेतृत्व गर्ने व्यक्ति यादव नै हुनुहुन्छ । पाइपलाइनबाट डिजेल आउन थालेको डेढ वर्ष बितिसकेको छ । यसबाट ढुवानीबापतको अर्बौ रकम जोगिएको छ । पाइपलाइन परियोजना सम्झिँदै उनले भने, “पाइपलाइनको परियोजना पूरा गर्न निकै चुनौतीपूर्ण थियो । त्यो सफलतापूर्वक सकियो । यस्तो परियोजनामा काम गर्न पाउनु एउटा अवसर र गौरवको कुरा पनि हो, जुन मैले पाएँ ।” देशकै सबैभन्दा ठूलो डिपो अमलेखगञ्जको प्रमुख हुन निकै चुनौतीपूर्ण मानिन्छ ।

भारतबाट हुने आयात व्यवस्थापन मात्रै नभएर आन्तरिक आपूर्ति व्यवस्थापनमा पनि निकै चाप हुने भएकोले यो ठाउँको नेतृत्व गर्नेलाई दिनरात फुर्सद हुँदैन । आपूर्ति व्यवस्थापनमा अलिकति मात्रै समस्या आउँदा पनि देशभर अभावको सिर्जना हुने भएकाले त्यसलाई विशेष ध्यान दिनुपथ्र्यो । त्यसमाथि पाइपलाइन निर्माणमा समय दिनुपर्दा त्यतिबेला कामको निकै नै चाप हुन्थ्यो । यसलाई अवसरकै रुपमा लिएर उनले दिनरात नभनी आफूलाई त्यसमा केन्द्रित गरेका थिए ।

तोकिएको समयमै पाइपलाइन परियोजना सम्पन्न भएसँगै निगम व्यवस्थापनले यादवलाई वाग्मती प्रादेशिक कार्यालयको प्रमुखका रुपमा काठमाडौँको थानकोट डिपोको जिम्मेवारी दियो । आफू जहाँ रहे पनि निगम र जनताको पक्षका काम गर्नुपर्छ भन्ने भावना बोकेका उनले थानकोट डिपोमा पनि सुधारको प्रयत्न थाले, जुन अहिले पनि जारी छ ।

उनलाई निगमले गत चैतमा थानकोट डिपोको प्रमुखको जिम्मेवारी दिएको थियो । डिपो प्रमुखका रुपमा थानकोट छिर्दा नियमित कामकारबाही भइरहेकै थियो । व्यवस्थापन चित्तबुझ्दो थिएन । पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कको अव्यवस्थित पार्किङ, डिपोसम्म पुग्ने सडक धुलाम्मे, ट्याङ्करको अव्ववस्थित आवागमनले स्थानीयले समेत झर्को मान्ने अवस्था थियो ।

अत्यन्त धेरै इन्धन खपत हुने राजधानीका साथै आसपासका जिल्लामा इन्धन आपूर्ति त्यही डिपोले नै गर्नुपथ्र्यो । उनले भने, “अति प्रज्वलनशील पदार्थ भएकाले पेट्रोल डिजेलको ढुवानी दिउँसो मात्रै गर्नुपर्छ भन्ने मान्यता छ । यसैले सकेसम्म ३ बजेभित्रै ट्याङ्कर छुट्यो भने ५ बजेभित्रै पम्पमा तेल पुग्छ । यतिबेला ६ बजेसम्म पनि डिपोबाट ट्याङ्कर छुट्ने नसक्ने अवस्था थियो । त्यसो हुँदा पम्पमा गएर तेल भर्दा रात पथ्र्यो ।”

समस्या तिनैमात्र थिएनन् । डिपोको आन्तरिक सुरक्षाको स्थिति पनि नाजुक थियो । दैनिक करिब ६०० किलोलिटर पेट्रोल र ८०० किलोलिटर डिजेलको वितरण हुने त्यो डिपोलाई सामान्य तारबारले घेरिएको थियो । डिपोमा तेल लिन जानेलाई बैंकमा पैसा तिर्ने, भौचर बुझाउनेलगायत कामका लागि लामो लाइन बस्नुपर्ने अवस्था थियो । भद्रगोलका बीच प्रमुख यादवको सुधारका योजनाको पाइला अगाडि बढ्दै गए । झण्डै एक वर्षको अन्तरालमा धेरै समस्या समाधान भएका छन् । केही योजना प्राथमिकताका साथ अगाडि बढेका छन् । पेट्रोलियम ढुवानीमा संलग्न जो कोहीले पनि डिपोमा गरिएको सुधारको अनुभूतिसमेत गर्न थालिसकेका छन् ।

ट्याङ्करको अत्याधिक चाप हुने उक्त डिपोमा रहेको पार्किङ समस्यालाई व्यवस्थित पारिएको छ । निगमकै स्वामित्वमा रहेको ३९ रोपनी जग्गाको सदुपयोग गरेर झण्डै ३०० टयाङ्कर अट्न सक्ने पार्किङ बनाइएको छ । इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन ट्याङ्करमा तेल भर्ने प्वाइन्टको संख्या दोब्बर बनाइएको छ । यसका कारण तेल भर्न टयाङ्करहरु लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।

पहिले पेट्रोल भर्ने दुई र डिजेल भर्ने दुई वटा प्वाइन्ट रहेकामा अहिले डिजेल भर्ने प्वाइन्ट छ वटा बनाइएको छ । “अहिले बिहान १० बजेदेखि लोडिङ सुरु हुन्छ । साढे २ देखि ३ बजेसम्म सकिइसक्छ । यसो हुँदा ५ बजेसम्म सम्बन्धित पम्पसम्म पुगेर तेल खन्याइसक्ने अवस्था हुन्छ । राती हुँदैन”, उनले भने ।

पेट्रोलियम राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पनि हो । तर थानकोट डिपोकै सुरक्षा गतिलो थिएन । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै डिपो घेर्ने पक्की पर्खाल लगाइएको छ । यसअघि सामान्य तारजालीले डिपोलाई घेरिएको थियो । ३७० मिटर लम्बाइ र ११ फिट उचाइको पर्खाल लगाइएको उहाँले बताउनुभयो । पर्खालमाथि सुरक्षाको लागि फलामे काँडेतार लगाइएको छ । उता डिपोको सुरक्षामा खटिने नेपाली सेनाको आवासका लागि पनि निगमले छुट्टै भवनसमेत बनाउँदैछ ।

त्यसो त, गेटदेखि मूल सडकसम्मको बाटोलाई निगमले आफ्नै खर्चमा कालोपत्रे गरिदिएको छ । डिपोको गेट नजिक रहेको सार्वजनिक बाटो र निगमको बाटोलाई एउटै बनाएर विस्तार गरिएको छ । डिपोदेखि नवनिर्मित पार्किङसम्म जाने भागलाई समेत आफ्नै खर्चमा व्यवस्थित गरिएको निगमले जनाएको छ । कार्यालयभित्रको आन्तरिक अवस्था सुधारमा पनि यो अवधिमा निकै प्रगति भएको डिपो प्रमुख यादव दाबी गर्दछन् । सेवाग्राहीले लाइन बस्न नपरोस् भनेर ‘क्यु—मेसिन’ राखिएको छ लाइन बस्न नपरोस् भनेर ‘क्यु—मेसिन’ राखिएको छ

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies