Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

विद्युतीय चुरोट स्वास्थ्यकाे लागि हानिकारक

काठमाडौं । युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - युवक मात्र होइन, युवतीमा पनि विद्युतीय चुरोटको लत बस्न थालेको चिकित्सकको अनुभव छ । विद्यालय तथा कलेजका कतिपय छात्रछात्रासमेत विद्युतीय चुरोटको कुलतमा पर्न थालेका छन् । यस्तो चुरोटको प्रयोगले फोक्सोमा समस्या उत्पन्न हुने छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा। अर्जुन कार्कीले बताए । पछिल्ला केही अध्ययनले ई–चुरोटको सेवनकै कारण पनि किशोरकिशोरीको मृत्यु हुने गरेको पाइएको उनले जानकारी दिए ।

डा।. कार्कीले भने, “यो विभिन्न रासायनिक वस्तुको मिश्रणले बनेका कारण फोक्सोमा विभिन्न समस्या आउनुका साथै ज्यानै जानेसमेत रहन्छ ।” सुर्तीजन्य वस्तुको सेवनले जीवन नाश गर्नु नै हो त्यसमा पनि भेपिङ अथवा ई–चुरोटको प्रयोग नगर्न सुझाव दिँदै उनले ई–चुरोटमा निकोटिनको मात्रा बढी हुने भएकाले अरू चुरोटमा हुने हानिकारक तत्त्व जत्तिकै यसले स्वास्थ्यमा असर गर्ने जानकारी दिए ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले कुनै पनि सुर्तीजन्य वस्तुहरूले मुटुमा असर गर्ने स्पष्ट गर्दै ई–चुरोट पिउनेहरूमा हृदयाघातको सम्भावना ५६ प्रतिशत बढी रहने जानकारी दिए । उनले लामो समयसम्म विद्युतीय चुरोट पिउनेहरूमा रगतसँग सम्बन्धित समस्या देखिनुका साथै चुरोटमा निकोटिनको मात्रा बढी हुँदा यसले रक्तचापमा गडबढ गर्ने बताए ।

सामान्य चुरोट छोड्नका लागि भेप प्रयोग पनि गर्ने गर्छन् तर भेप प्रयोग गर्नु भनेको गलत बुझाइ हो भन्दै डा. कोइरालाले भने, “यो विभिन्न रासायनिक तत्त्वको मिश्रणबाट बन्ने भएकाले यो पनि उत्तिकै हानिकारक छ । परम्परागत चुरोट र ई–चुरोट पिउँदा स्वास्थ्यलाई उस्तै हानि हुने गर्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies