Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भटाभट मरे कुखुरा, खोपले गरेन काम

इलाम । पछिल्लो समय कुखुरा मर्न थालेपछि जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ ।

आइतबार र सोमबारमा एक हजार २०० कुखुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोखरेलले जानकारी दिए । एकैपटक दुई जातिका कुखुरा मर्दा रु साढे चार लाखभन्दा बढी क्षति व्यहोर्नुपरेको उनको भनाइ छ । “आइतबार र सोमबारमा सबै कुखुरा मर्यो, आज हेर्दा अब १५ वटा जति च्याउच्याउ गर्दै पल्टिरहेको छ”, उनले भने, “मरेका कुखुरा पुरेका पनि छैनौँ, एक्लैले पुर्न सम्भव भएन अब मान्छे खोजेर पुर्नुपर्ला ।”

पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष दिनेश महतले २५० लोकल र १०० कडकनाथ जातको कुखुरा मरेको जानकारी दिए । उनले रु तीन लाख ८० हजारभन्दा बढी क्षति भएको बताए । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले रानीखेतको कारण कुखुरा मरेको जनाएको छ । किसानले भने रानीखेतको खोप लगाएको कुखुरासमेत मरेको जानकारी दिएका छन् । “मैले कुखुरामा रानी खेतको खोप लगाएको थिएँ, तर पनि सबै कुखुरा म¥मर्यो”, उनले भने, “खोप लगाउँदा पनि काम लागेन ।”

सात दिन अघिदेखि इलाम नगरपालिका क्षेत्रमा किसानले पालेको कुखुरा मरेको पशु प्राविधिक प्रकाश लुइँटेलले जानकारी दिए । “झोक्राउने, हरियो सेतो छेर्ने, चारो नखाने लक्षण देखिएपछि कुखुरा मर्न थालेका छन्”, उनले भने, “कुखुरा बिरामी पर्न थालेको दुई/तीन दिनमा फार्म नै रित्तिन थालेको छ ।”

कुखुरा मर्न थालेपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नमूना सङ्कलन गरेर विराटनगरको प्रयोगशालाको पठाएको थियो । परीक्षण गर्दा कुखुरामा रानीखेतको भाइरस देखिएको डा सञ्जय ढुङ्गनाले जानकारी दिए । “कतिपय किसानले रानीखेतको खोप नै लगाउँदैनन्, कसैले खोप लगाउने कसैले खोप नलगाउने भएपछि कुखुरामा रोग देखिएको हुनसक्छ”, उनले भने, “ खोप लगाउँदासम्म तापक्रम मिलाइएन भने त्यसको प्रभावकारिता नहुनसक्छ ।”

कुखुरा फार्ममा जथाभावी आवातजावत गर्ने, कुखुराको चल्ला तथा दानाको ओसारपसार गर्दा सुरक्षा सावधानी नअनाउँदा एकैपटक भाइरसको सङ्क्रमण फैलिएको हुनसक्ने उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies