Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सरकारले तीन वर्षदेखि लुकायो राष्ट्रिय सुरक्षा नीति

काठमाडौं । सरकारले तीन वर्षअघि मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक दस्ताबेज ‘राष्ट्रिय सुरक्षा नीति’ अझै गोप्य राखेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - लोकतान्त्रिक व्यवस्था भएका मुलुकमा सुरक्षा योजना, रणनीति तथा डक्ट्रिन गोप्य हुन्छन्, सार्वजनिक सरोकारका लागि तर्जुमा गरिएका नीति सार्वजनिक हुन्छन् । ०७३ मा तयार भएको राष्ट्रिय सुरक्षा नीति तत्कालै सार्वजनिक गरेको सरकारले यसको परिमार्जित स्वरूप भने गोप्य राखेको छ ।

सरकारले ४ चैत २०७५ मा ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति २०७५’ स्वीकृत गरेको थियो । तत्कालीन रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समितिले सरोकारवालाहरूसँग छलफल गरेर तयार गरेको परिमार्जित नीति सरकारले स्वीकृत गरिसकेको छ र कार्यान्वयनमा पनि आइसकेको छ ।

राष्ट्रिय सुरक्षा नीतिका आधारमा तयार भएको राष्ट्रिय प्रतिरक्षा नीति पनि स्वीकृत भइसकेको छ । यही आधारमा सेनाले विगतमा तयार गरेको सैनिक सिद्धान्त (मिलिटरी डक्ट्रिन) पनि परिमार्जनको तयारी गरिरहेको छ । २८ साउन २०७० देखि सेनाले मिलिटरी डक्ट्रिन कार्यान्वयनमा ल्याएको छ ।

गोप्य राखिएको सुरक्षा नीतिअनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागले कार्यान्वयन योजना नै लागू गर्न थालेका छन् । राष्ट्रिय सुरक्षा नीतिकै आधारमा सेनाले अन्तर्राष्ट्रिय सीमाका विषयमा समन्वयात्मक भूमिका निर्वाह गरिरहेको छ ।

सेनाका पूर्वउपरथी बिनोज बस्न्यातले लोकतान्त्रिक मुलुकमा राष्ट्रिय सुरक्षा नीति गोप्य राख्नु जायज नहुने बताए । ‘राष्ट्रिय सुरक्षा नीतिले हामी कता जाँदै छौँ भन्ने विषयको सैद्धान्तिक दिशानिर्देश गर्ने हो, यो रणनीतिक अथवा अपरेसनल दस्ताबेज होइन, यसबारे जनताले पनि जान्न पाउनुपर्छ,’ बस्न्यातले भने ।

तत्कालीन रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको सञ्चारमाध्यमप्रति अनुदार सोचका कारण सरकारले सुरक्षा नीति लुकाएर राखेको छ । जानकार सुरक्षा अधिकारीहरूका अनुसार सुरक्षा नीतिमा सञ्चारमाध्यमलाई अघोषित रूपमा नियन्त्रण गर्ने प्रावधान राखिएका कारण चर्को आलोचनाको भयले सरकारले लुकाएको हो ।

यतिसम्म कि, उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समितिका सदस्यहरूले पनि नीतिको दस्ताबेज पाएका छैनन् । चार वर्षअघि ३० वैशाख २०७३ मा केपी ओली नेतृत्वकै सरकारले राष्ट्रिय सुरक्षा नीति स्वीकृत गरेलगत्तै रक्षा मन्त्रालयले वेबसाइटमा सार्वजनिक गरेको थियो । आफ्नै सरकारकै पालामा परिमार्जन भएको नीति ओली सरकारले नै गोप्य राख्नुलाई सुरक्षाविद्हरूले अस्वाभाविक रूपमा लिएका छन् ।

‘राष्ट्रिय सुरक्षा नीति सार्वजनिक हुन्छ । तर, नीतिमा उल्लेखित लक्ष्य प्राप्तिका आन्तरिक रणनीतिक योजना गोप्य हुन्छ,’ बस्न्यातले भने, ‘अमेरिकाले चीन र रुसलाई मुख्य प्रतिस्पर्धी (अघोषित शत्रु) परिभाषित गरिएको इन्डो प्यासिफिक रणनीति सार्वजनिक गरेको छ । उसको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक नै छ । हामीले लुकाएर राख्नुपर्ने कुनै कारण म देख्दिनँ ।’

प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले केही प्रक्रियागत काम पूरा गरेर राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आएका थिए । जानकार सुरक्षा स्रोतका अनुसार आठ अध्यायमा विभक्त सुरक्षा नीतिमा राजनीतिक स्थिरता कायम गर्ने, असमान सन्धि सम्झौता खारेज गरिने, सीमा विवाद अन्त्य गरिनेदेखि समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयन गर्नेजस्ता राजनीतिक विषय समेटिएको छ । सरकारले हालै सार्वजनिक गरेको परराष्ट्र नीतिको एकीकृत दस्ताबेजमा पनि ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा समेटेको छ ।

उच्चस्तरीय समितिमा को–को थिए ?
उपप्रधानमन्त्री पोखरेल संयोजक रहेको उच्चस्तरीय संशोधन समिति सदस्यमा प्रधानसेनापति पूर्णचन्द्र थापा, तत्कालीन रक्षासचिव विष्णु लम्साल, पूर्वरथी बालानन्द शर्मा, पूर्वउपरथी पूर्ण सिलवाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, पूर्वमहान्यायाधिवक्ता (हाल न्यायाधीश) हरि फुयाँल, पूर्वसांसद एवं राष्ट्रपतिका सल्लाहकार लालबाबु यादव, सेनाका पूर्वउपरथी देवेन्द्र मेधासी थिए ।

मन्त्रिपरिषद्ले १ असोज २०७५ मा समिति गठन गरेको थियो । तत्कालीन रक्षासचिव लम्सालले सुरक्षा नीति गोप्य रहन्छ भन्ने आफूलाई नलागेको बताए । ‘यो किन सार्वजनिक भएन भन्नेबारेमा मलाई थाहा छैन, तर गोप्य रहनुपर्छ भन्ने मलाई लाग्दैन,’ लम्सालले भने, ‘प्रतिरक्षा नीति गोप्य हुन्छ, अन्तर्राष्ट्रिय प्रचलन हेर्दा पनि राष्ट्रिय सुरक्षा नीति सार्वजनिक नै हुन्छ । हामीकहाँ किन सार्वजनिक भएन, म जानकार छैन ।’

सातै प्रदेशबाट प्राप्त सुझाब र २८० जना विज्ञले दिएको लिखित सुझाबमा आधारित सुरक्षा नीतिको परिमार्जित मस्यौदा सरकारले पारित गरेको थियो । ‘विगतको भन्दा संकुचित र नियन्त्रणमुखी सोचले काम गरिएको थियो,’ तत्कालीन उच्चस्तरीय समितिका एक सदस्यले भने, ‘सञ्चारमाध्यमलाई पनि नियन्त्रण गर्ने मनसाय त्यसमा प्रकट भएको थियो ।’

राष्ट्रिय सुरक्षा नीति २०७३ मा आमसञ्चार संस्था र साधनलाई विदेशी नागरिक वा संगठनको अधीनमा पर्नबाट रोक्ने वा सुरक्षित राख्ने, आकाशवाणी र रेडियो प्रकृतिका यन्त्रहरूको फ्रिक्वेन्सीको व्यवस्थापन, नियन्त्रण, नियमन, अनुगमन र व्यवस्था गर्ने उल्ल्लेख थियो । उक्त नीतिमा ‘संविधान प्रदत्त नागरिक हक तथा स्वन्त्रताको प्रत्याभूतिका लागि कानुनी व्यवस्था गर्ने, संविधानप्रदत्त नागरिक हक तथा स्वतन्त्रताको प्रत्याभूतिका लागि कानुनी व्यवस्था गर्ने’ पनि उल्लेख छ ।

तर, स्रोतका अनुसार संशोधित नीतिमा भने यस्ता सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने उल्लेख छ । नियन्त्रण कसरी गर्ने भन्नेचाहिँ उल्लेख छैन । सुरक्षा नीतिमा बहुध्रुवीय विश्व, अहिलेको अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिस्थितिको ठोस सुरक्षा विश्लेषण नभएको जानकारहरूको भनाइ छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीको पनि नीतिमा स्पष्ट किटान छैन ।

माधव नेपाल प्रधानमन्त्री रहेका वेला तत्कालीन सरकारले ९ पुस २०६६ मा राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार गर्न तत्कालीन रक्षामन्त्री विद्या भण्डारीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा गृहमन्त्री भीम रावल, कानुनमन्त्री प्रेमबहादुर सिंह, संस्कृतिमन्त्री डा.मीनेन्द्र रिजाल र विनाविभागीयमन्त्री लक्ष्मणलाल कर्ण सदस्य थिए । समितिले २०६७ साउन पहिलो साता प्रधानमन्त्रीलाई दस्ताबेज बुझाएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies