
जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री ओली

-
-
फागुन ११ गते, २०७७ - १९:३०

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ नेपालको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले मुलुक अहिले ठीक बाटोमा अघि बढिरहेकाले लोकतन्त्र र संविधानलाई तलमाथि हुन नदिइने प्रष्ट्याए । उनले युवा कार्यकर्तालाई विचार र दृष्टिकोणका साथ सङ्गठित भएर अघि बढ्न निर्देशन दिए । उनले आफ्नो आत्मविश्वासमा कुनै कमी नआएकोसमेत प्रष्ट पारे ।
प्रधानमन्त्री ओलीले सुन्दर र समृद्ध नेपालको गन्तव्य निर्धारण गरेर युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्नसमेत युवालाई आग्रह गरे । प्रधानमन्त्री ओलीले उचित विचार र दृष्टिकोणका साथ अघि बढ्न युवालाई आह्वान गरे । उनले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्न युवा सङ्घलाई आग्रह गरे ।
लोकतन्त्रलाई अझै सृदृढ र समृद्ध बनाएर अघि बढ्न आगामी निर्वाचनले बाटो तय गर्ने हिषाबले आफूले निर्वाचनको मिति तय गराएको प्रधानमन्त्रीले बताए ।
वर्तमान अवस्थामा पार्टी भन्न लायक दल आफूले नेतृत्व गरेको नेकपा मात्रै रहेको जनाउँदै अध्यक्ष ओलीले अहिले पनि पार्टी एक ढिक्का रहेको दाबी गरे । “पार्टी एक ढिक्का छ, बाटो बिराउनेलाई भन्न चाहन्छु, आउनुहोस्”, प्रधानमन्त्रीले थपे ।
नेकपाका स्थायी कमिटी सदस्य एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बाटो बिराएर बाहिर गएका नेतालाई पार्टीमा फर्कन आग्रह गरे ।
नेकपाका अर्का नेता पूर्वमन्त्री महेश बस्नेतले एकताको नाममा लामो समयदेखि निष्क्रिय रहेका सङ्गठनका गतिविधिलाई चलायमान बनाउन पार्टी र सङ्गठनको पुनर्गठन गरिएको बताए । उनले युवा सङ्घलाई जुझारु सङ्गठनको रुपमा विकास गरेर अघि बढ्ने विश्वास दिलाउँदै साइबर सेनाको औपचारिक घोषणा गरेर अघि बढ्नेसमेत बताए । त्यसमार्फत साइबरबाट हुने आपराधिक गतिविधिका साथै गलत प्रचारप्रसारलाई चिर्दै अघि बढ्ने उनले बताए ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवसमेत मनाएको थियो । सङ्घको बैठक बुधबार पनि चल्ने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मानव शरीरमा एक सय ७ मर्मस्थान, जहाँ आघात पुगे निधन हुनसक्छ
काठमाडौँ । मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने...एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का
कर्णाली । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या...गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि लक्ष्मीपुरवासी चिन्तित
कञ्चनपुर । चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका...बर्दिवासमा भूमाफियाको जगजगी ह्वात्तै बढ्यो
महोत्तरी । महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित...विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार...प्रचण्ड र नेपाल पक्ष पनि छुट्टियो, माओवादी, एमाले छुट्टै पार्टीमा रहने निर्णय
काठमाडौं । आज पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षको स्थायी समितिको बैठकले...जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…
दमौली । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर...तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा सम्लग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई...छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छ : मुख्यमन्त्री राउत
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी...हुम्लामा भारी हिमपात, हवाई उडान अवरुद्ध
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी...

प्रतिकृया लेख्नुहोस्:
- महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ: प्रधानमन्त्री ओली
- फैसला पछिको रणनीति बनाउन प्रचण्ड–माधव पक्षले बोलायो स्थायी समिति
- संसद्लाई पुनः क्रियाशील तुल्याउन योगदान गर्ने सबैमा सभामुखको बधाई
- प्रतिनिधिसभाको बैठक २६ गतेसम्मका लागी स्थगित
- अदालतको फैसला मान्छौँ, कार्यान्वयन गर्छौ: ओली