Khabar Dabali Logo
  March 3, Wed

चक्रपथ दोस्रो खण्ड विस्तार : निर्माणस्थल खाली गर्ने काम सकिँदै

काठमाडौ । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो ।

ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाले जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकालगायतका निकायसँग छलफल गरिरहेको योजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिए । उनका अनुसार त्यहाँ रहेका घरमध्ये सात घरको शहरी विकास तथा भवन निर्माण विभागबाट क्षतिपूर्तिको मूल्याङ्कन प्राप्त भएको छ । उनले भने, “मूल्याङ्कन भइसकेको घरको प्रक्रिया अघि बढाइनेछ ।”

तीमध्ये १२ घरको घरधनीसँग सम्पर्क हुन नसकेको बताइएको छ । वडा कार्यालयले ती घरधनीसँग सम्पर्क गर्न खोजे पनि नसकेको उनको भनाइ छ । वडाध्यक्षले सम्पर्क गर्दा कतिपय व्यक्ति विदेशमा रहेकाले पनि सम्पर्क हुन नसकेको हो । घरहरु चीन सरकारले निर्माण गर्ने आठ लेनभित्रै भएकाले निर्माण अघि बढाउन समस्या हुने उनले जानकारी दिए । ती घरहरुमा नक्सा लिएर मूल्याङ्कन गर्ने कि भन्ने छलफल भएको छ । कतिपय घर नक्साभन्दा फरक हुनसक्ने भएकाले त्यहीँ जाँदा मात्रै सही कुरा आउने उनले बताए । उनले भने, “घरधनीले पछि विवाद निकाल्न सक्ने सम्भावना छ ।”

जम्मा ११ दशमलव छ किमी लम्बाइको सडकमध्ये २४४ मिटरमा निर्माणस्थल खाली गराउन नसकिएको योजनाले जनाएको छ । अरू कतिपय संरचना हटाइरहेको भए पनि त्यसले चिनियाँ टोलीलाई निर्माण अघि बढाउन बाधा नपुग्ने प्रमुख सुवालले बताए । सो सडकमा विद्युत् प्राधिकरणले तार जमीनमुनि राख्ने काम गरिरहेकामा त्यो मुख्य सडकबाहेकको सहायक सडकमा पर्छ । प्राधिकरणले तार सार्ने काम गत वर्षबाटै शुरुआत गरेको थियो । बाँकी स्थानमा पनि ठेक्का सम्झौता भइसकेको छ । उनले भने, “मुख्य लेनमा काम भइरहँदा पनि सहायक लेनको काम गर्न सकिन्छ ।”

चक्रपथ विस्तारका लागि अहिले यस सडकखण्डमा रूख काट्ने, विद्युत्का पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायत आवश्यक तयारीका काम गत वर्ष शुरु भएको थियो । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम शुरु हुने सडक विभागले जनाएको छ । यसअघि कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाएर निर्माण शुरु गरिएको हो ।

अहिले उक्त सडकको अधिकार क्षेत्रमा रहेका रूख काटिएको छ भने झण्डै ४०० पोल सार्ने काम सकिएको छ । उनका अनुसार विद्युत् प्राधिकरणले पोल त्यहाँबाट सारिरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्फत खानेपानीका पाइप सार्ने काम भइरहेको छ । सडकको अधिकार क्षेत्रमा घरसँगै अस्थायी टहरालगायत संरचना हटाउनु पहिलो चरणको विस्तारमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको योजनाले जनाएको छ ।

स्वयम्भू, ठूलोभर्याङ, महाराजगञ्ज चोकलगायत स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलङ्की सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रूख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो ।

सडकमा दुई ‘अन्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । सडक निर्माणस्थल खाली गरेर विभागले हस्तान्तरण गरेपछि मात्रै चिनियाँ टोलीले निर्माण शुरु गर्ने बताइएको छ । पहिलो चरणको विस्तार सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहनेछ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएका गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।

फागुन ११ गते, २०७७ - १६:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फुङ्लिङमा आगलागीबाट तीन सय ३८ परिवार विस्थापित

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि...   

मेची पुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

बनियानी । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ...   

कामपाले दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण गर्दै

काठमाडौ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको...   

रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६...   

अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको गोली हानी हत्या

अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई...   

भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको...   
आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

मकवानपुर । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई...   

समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री ओली

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ...   

पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

काभ्रेपलाञ्चोक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय...   

सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउँछौँ : अध्यक्ष नेपाल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top