
बी’ डिभिजन लिग फुटबल आजदेखि

-
-
फागुन ११ गते, २०७७ - १०:३७

काठमाडौ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ ।
चौथो संस्करणको मेयर र उपमेयर कप क्रिकेट हुँदै
बैतडी– बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उपमेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । मेयर कप क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।
दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ । प्रतियोगिताका सम्पूर्ण खेल सुन्दरखाली खेल मैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।
मेयर कप क्रिकेटको प्रथम पुरस्कार रु ७५ हजार र द्वितीय रु ५० हजार रहेको छ । उपमेयर क्रिकेटको विजेता टोलीले रु ४५ हजार र उपविजेताले रु ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिले जनाएको छ । क्रिकेट विकासका लागि दशरथचन्द नगरपालिकाले क्रिकेट प्रतियोगितालाई नगरपालिकाको कार्यक्रममै समावेश गरेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । प्रतियोगिताले महिला तथा पुरुष खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मानव शरीरमा एक सय ७ मर्मस्थान, जहाँ आघात पुगे निधन हुनसक्छ
काठमाडौँ । मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने...एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का
कर्णाली । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या...गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि लक्ष्मीपुरवासी चिन्तित
कञ्चनपुर । चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका...बर्दिवासमा भूमाफियाको जगजगी ह्वात्तै बढ्यो
महोत्तरी । महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित...विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार...प्रचण्ड र नेपाल पक्ष पनि छुट्टियो, माओवादी, एमाले छुट्टै पार्टीमा रहने निर्णय
काठमाडौं । आज पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षको स्थायी समितिको बैठकले...जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…
दमौली । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर...तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा सम्लग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई...छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छ : मुख्यमन्त्री राउत
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी...हुम्लामा भारी हिमपात, हवाई उडान अवरुद्ध
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी...

प्रतिकृया लेख्नुहोस्:
- बर्दिवासमा भूमाफियाको जगजगी ह्वात्तै बढ्यो
- विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा
- जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…
- तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री ओली
- छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छ : मुख्यमन्त्री राउत