
मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको रात्रिकालीन धर्ना

-
-
फागुन ११ गते, २०७७ - ०९:५६
कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् ।
आइतबार दैलेखबाट पैदल हिँडेर सोमबार बेलुकी सुर्खेत पुगेका उनीहरु राति मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्नामा बसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । “करिब ८०÷९० को सङ्ख्यामा रहेका उनीहरु खुला चौरमा बसेकाले प्रहरीले सुरक्षा दिएको छ”, उनले भने, “उनीहरुले गाँस, बास र कपासको माग गर्न प्रदेश सरकारसँग आएको बताएका छन् ।”
दुल्लु नगरपालिका–१ दैलेखका हिक्मत बादीले भारी बोक्दै र माछा मार्दै चलाइएको जीविका गाह्रो हुँदै गएको र जमीन पनि नभएकाले तिनको व्यवस्थाका लागि सरकारसँग माग गर्न आएको बताए । उनले भने, “हामीलाई नदी किनारामा बालुवा निकाल्न बन्देज लगाइयो । जीवन चलाउन कठिन भयो । कोरोना महामारीले झन् ठूलो सङ्कट बनाउँदा अन्ततः शरीर नै बेच्नुपर्ने बाध्यता आइलागेका कारण हामीलाई गाँस, बास मिलाइदेओस् भनी प्रदेश सरकारको शरणमा आएका छौँ ।” माग पूरा नभएसम्म जिल्ला नफर्कने बादीले बताए ।
उनीहरुले प्रदेश सरकारसँग सुरक्षित आवास र खेतीपाती गर्ने जमीनको माग गर्ने बताएका छन् । उनीहरुका साथमा साना बालबालिकासँगै वृद्धवृद्धासमेत रहेका छन् । दैलेखमा ११२ घरधुरीमा ४०२ जनसङ्ख्या बादी समुदायको रहेको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा
महोत्तरी । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने...कञ्चनपुरमा साँझ दोहोरो भिडन्तमा एक भारतीयको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा आज साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो...दोलखामा नेपाल टेलिकमको फोरजी विस्तार
चरीकोट । दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा आएको छ । टेलिकमको...देशले विकासको गति लिई सक्यो, अब मुलुक पछाडि फर्कदैन : प्रधानमन्त्री ओली
सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने स्थिति नरहेको...नेपालको बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग
काठमाडौ । नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति...२७ वर्षीय शिक्षक मृत फेला
डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई...बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : अर्थमन्त्री पौडेल
लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका...अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले भुक्तानी पाएन एक करोड
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि...रेमिट्यान्स दुरुपयोगले बढाउँदै सम्बन्धविच्छेद
गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका...यी दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग
वाग्मती । वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई...
