
मोटरसाइकल दुर्घटनामा केसीको मृत्यु

-
-
फागुन ११ गते, २०७७ - ०९:२९

पर्वत । जिल्लाको जलजला गाउँपालिका–८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका–२ का ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको छ । दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरीले बागलुङ अस्पतालमा पुर्याएको थियो । अस्पतालले केसीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिषकुमार श्रेष्ठले जानकारी दिए । मोटरसाइकल सडकबाट अन्दाजी २२ मिटर तलको खोँचमा खसेको प्रहरीले जनाएको छ ।
जीप दुर्घटनामा तीन घाइते
यसैगरी पर्वत जिल्लाको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा–बागलुङ सडकखण्डमा म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग३च १०९ नंको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
दुर्घटनामा परी म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएका हुन् । जीपमा चार जना सवार रहेकामा एक सकुशल रहेको र घाइतेको उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ठगी मुद्दामा एचआर सोलुशनका सञ्चालक पक्राउ
काठमाडौ । नेपाल प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय...कोही भ्रममा पर्नुपर्दैन, हामीले वैधानिकता पाउँछौँ : अध्यक्ष प्रचण्ड
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...ट्याक्टरको ठक्करबाट एघार वर्षीय बालिकाको मृत्यु
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । ग...आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
काठमाडौ । भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि...कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ
दहचोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी...विप्लव समूहसँग वार्ताको तयारी भइरहेको छ : मन्त्री गुरुङ
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको...अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन
काठमाडौ । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय...सोलु एफएम कार्यालयमा आगलागी
सोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको...बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको...पन्ध्र करोड राजश्व छली, राठीसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौ । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक...
