
गुमेको भूभाग फिर्ता ल्याएरैछाडिन्छ : प्रधानमन्त्री ओली

-
-
फागुन १० गते, २०७७ - १८:२८

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।
दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताए। महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षौँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए । उनले भने, “पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ ।”
अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा
दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिए ।
औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताए ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्र प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिमले विकासको काँचुली फेरिरहेको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा
महोत्तरी । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने...कञ्चनपुरमा साँझ दोहोरो भिडन्तमा एक भारतीयको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा आज साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो...दोलखामा नेपाल टेलिकमको फोरजी विस्तार
चरीकोट । दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा आएको छ । टेलिकमको...देशले विकासको गति लिई सक्यो, अब मुलुक पछाडि फर्कदैन : प्रधानमन्त्री ओली
सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने स्थिति नरहेको...नेपालको बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग
काठमाडौ । नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति...२७ वर्षीय शिक्षक मृत फेला
डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई...बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : अर्थमन्त्री पौडेल
लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका...अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले भुक्तानी पाएन एक करोड
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि...रेमिट्यान्स दुरुपयोगले बढाउँदै सम्बन्धविच्छेद
गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका...यी दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग
वाग्मती । वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई...

प्रतिकृया लेख्नुहोस्:
- बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः अर्थमन्त्री पौडेल
- म्यान्मारमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर ३८ जनाको मृत्यु
- मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री अर्याल
- आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छः सहमहामन्त्री डा महत
- प्रतिबन्धित नेकपा र सरकारबिच सहमति, ओली र विप्लवले एउटै मन्चबाट सम्बोधन गर्ने