
इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

-
-
फागुन ९ गते, २०७७ - १५:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक गोष्ठी उद्घाटन गर्दै बलिदानीपूर्ण, कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको पूर्वका भावनालाई मनमा राखेर राष्ट्रनिर्माणका काममा अग्रसर हुन सबैलाई आग्रह गरे ।
हाम्रा दृष्टिकोण र जानकारीको कमीका कारण हाम्रो मुलुक र समाज पछि परिरहेको बताउँदै उनले भने, “अब मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गरिरहन सकिन्न, हामीले सिर्जनात्मक र रचनात्मक ढङ्गले नयाँ विचार लगाएर राष्ट्र निर्माणमा अघि बढ्नु जरुरी छ ।”
मुलुकलाई समृद्ध तुल्याउन आफूले गर्नुपर्ने र अरु क्षेत्रबाट गरिने कामका बीच पनि तालमेल मिलाउन, सहयोग गर्न र संयोजन गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, “देश बनाउनुपर्छ र बिगार्नुपर्छ भनी विभिन्न विचार बोकेका अभियानकर्मी मात्र होइन, स्वार्थलाई केन्द्रविन्दुमा राखेर चल्ने पनि सक्रिय छन् । देश बनाउनुपर्छ भनी सोच राख्नेले राष्ट्रका लागि आहुति दिन पनि तयार हुनुपर्छ ।”
बलिदानीपूर्ण कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको नेपाली सेनासहित सबैका भावनालाई मनमा राखेर हामीले राष्ट्रनिर्माणका काममा अग्रसर हुन जरुरी रहेको संस्थाका प्रमुख संरक्षक प्रधानमन्त्री ओलीले बताए।
समाज परिवर्तनका लागि पछौटेपनविरुद्ध ज्योति र अग्रगामी चेतनाका संवाहक भएर अघि बढ्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “सामाजिक मर्यादा, इमान्दारी, नैतिकता, मानवीयता, राष्ट्रियताप्रतिको इमान नै सबैभन्दा महत्वपूर्ण हुन्, इमानबाट च्यूत मान्छे अपराधी मात्र हुन्छ ।”
प्रधानमन्त्री ओलीले दुनियाँ जङ्गली अवस्थामा रहँदा सभ्यता, दर्शन, चिन्तन, सामाजिक सुप्रबन्ध, ज्ञान, ध्यान, खोजअनुसन्धानको इतिहास शुरुआत भएको नेपाल स्वास्थ्य, पूर्वाधार, सामाजिक सूचकाङ्क र विकासमा पछि परे पनि अब गौरवमय इतिहाससँग तादम्यता हुने गरी पूर्वाधार, आधुनिकता, विज्ञान, सामाजिक मूल्यमान्यताको स्तरीयता र मानवीय भावनाको विकास गर्नुपर्ने औँल्याए ।
प्रधानमन्त्री ओलीले अप्रत्याशितरुपमा हुने विपत्तिलाई सामूहिक प्रयासबाट निस्तेज तुल्याउँदै सेवा दलबाट उत्पादित जनशक्ति सेवा, परोपकार, शान्तिका लागि सधैँ तत्पर र कर्तव्य निष्ठ भई चल्नुपर्छ भने।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...

प्रतिकृया लेख्नुहोस्:
- महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ: प्रधानमन्त्री ओली
- फैसला पछिको रणनीति बनाउन प्रचण्ड–माधव पक्षले बोलायो स्थायी समिति
- संसद्लाई पुनः क्रियाशील तुल्याउन योगदान गर्ने सबैमा सभामुखको बधाई
- प्रतिनिधिसभाको बैठक २६ गतेसम्मका लागी स्थगित
- अदालतको फैसला मान्छौँ, कार्यान्वयन गर्छौ: ओली
- सर्वोच्चको फैसलापछि प्रचण्डको प्रतिक्रिया : अपेक्षा गरेभन्दा फरक
- नेकपा नाम विवाद : सर्वोच्च अदालतले गर्यो ऋषि कट्टेलको पक्षमा फैसला
- प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले
- प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु
- सुनको मूल्य तोलामा ५०० ले बृद्धि, ८६ हजार १०० मूल्य निर्धारण