Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

काठमाडौ । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो । समितिको सदस्यमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेका छन् ।

समितिको शुक्रबार बसेको पहिलो बैठकले तोकिएको मितिभित्र प्रक्रिया पुर्याई क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन बाँकी रहेका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई लिखित पत्राचार गर्ने निर्णय गरेको छ । सो निर्णयबमोजिम क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम (लेबी) र गाउँपालिका÷नगरपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपीसहित विवरण केन्द्रमा पठाउनुपर्ने छ ।

क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धमा जिल्लामा हालसम्म भइरहेको कार्यप्रगतिको पछिल्लो अवस्थाको जानकारी लिन समिति सदस्य ढुङ्गाना र परियारलाई प्रदेश नं १ र २, घिमिरे र पौडेल वाग्मती र गण्डकी प्रदेश तथा गुरुङ र चौधरीलाई लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको जिम्मेवारी तोकिएको छ ।

यसैगरी समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय डा प्रदीप पराजुली (प्राविधिक तर्फ) र अधिवक्ता केशव रिजाल (प्रशासन र निर्णय प्रक्रियातर्फ)लाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । कांग्रेस १३औँ महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी समितिका सचिव रिजालले यही फागुन ११ गते बस्ने समितिको अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने बैठकको निर्णय छ ।

कांग्रेसको फागुन ६ गतेको केन्द्रीय कार्यसमिति बैठकले १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । कांग्रेसले महाधिवेशनसँगै गाउँ÷नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ÷नगरपालिका अधिवेशन असार ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गते कार्यतालिका निर्धारण गरेको छ । साथै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने कांग्रेसको निर्णय छ ।

कांग्रेसले जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण सम्पन्न गर्ने अवधि यही फागुन २८ गतेभित्र, क्रियाशील सदस्यता प्रकाशित गरी केन्द्रमा पठाउने अवधि आगामी चैत १० गतेभित्र तोकेको छ । यसैगरी नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले उजुरी उपर छानविन गरी केन्द्रमा पठाउनु पर्ने अवधि चैत २५ गते तोकिएको छ । केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी सूची तयार गरेर केन्द्रीय सभापतिलाई बुझाउने अवधि आगामी जेठ १७ गतेसम्म निर्धारण गरिएको छ ।

कांग्रेसले केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकेको छ । कांग्रेसको सङ्गठनमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश (कांग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेको र आगामी अधिवेशनसम्ममा नयाँ र नविकरण गरी १० लाख हाराहारी पुग्ने केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।

कांग्रेसमा समायोजन भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका करिब एक लाख नेता कार्यकर्तालाई पनि छानबिन गरी क्रियाशील सदस्यता प्रदान गरिन लागेको पार्टी कार्यालयले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies