
प्रधानमन्त्रीद्धारा सभामुख र उपराष्ट्रपतिको चर्काे आलोचना, लगाए झगडिया र किर्तेको आरोप

-
-
फागुन ८ गते, २०७७ - १७:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख र उपराष्ट्रपतिको चर्काे आलोचना गरेका छन् । ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको सभामा प्रधानमन्त्रीले सभामुख बनाइएको व्यक्ति सरकारको विरुद्धमा मुद्दा हाल्दै हिँडेको र किर्ते काममा लागेको आरोप लगाएका हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको आलोचना गरेको र सभामुख अग्निप्रसाद सापकोटाले किर्ते गरेको तथा सरकारविरुद्ध मुद्दा हालेको भनेर प्रधानमन्त्रीले आलोचना गरेका हुन् ।
‘सभामुख बनाइएको थियो एकजनालाई । सरकारविरुद्ध मुद्दा हाल्न जानुभएको छ । सरकारविरुद्ध झगडिया हो सभामुख । सुहाउँछ ? सभामुख झगडिया हुन जानुभएको छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।
त्यस्तै, सभामुख सापकोटाल किर्ते गरेको पनि ओलीले आरोप लगाएका छन् । उनले भने, ‘उहाँले किर्ते गर्नुभएको छ । भन्न पनि लाज लाग्ने कुरा । सभामुखजस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ । साढे ३ बजे दर्ता गर्न लगेको कुरालाई १०:४० बजे ल्याएको भनेर किर्ते सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ ?,’ उनले भने ।
उपराष्ट्रपतिलाई सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभन्दा निर्वाचनमा आउन ओलीले चुनौती दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...

प्रतिकृया लेख्नुहोस्:
- कोही भ्रममा पर्नुपर्दैन, हामीले वैधानिकता पाउँछौँ : अध्यक्ष प्रचण्ड
- राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान
- स्थायी समिति र केन्द्रिय समितिको बैठक बोलाउने प्रचण्ड नेपाल समुहको निर्णय
- बाबुराम भट्टराईमा देखिएको ट्यूमर क्यान्सरजन्य नभएको पुष्टि
- प्रधानमन्त्री ओलीको निर्मम पेलाइ : खतरा हुन्छ भन्दा पनि मानेनन्