
किसानको विवरण वेबसाइटमा राख्ने तयारी

-
-
फागुन ८ गते, २०७७ - ०८:४३

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आधारित एक सफ्टवेयर प्रणाली विकास गरेको छ । मन्त्रालयले सफ्टवेयरका आधारमा देशैभरिका किसानको विवरण तयार गरी विद्युतीय प्रणाली (वेबसाइट)मा राख्ने तयारी गरेको हो ।
आजको गोरखापत्र दैनिकमा खबर छ – किसानको वर्गीकरण तथा पहिचानको विवरण राख्न वेबसाइटको अन्तिम तयारी भइरहेको कृषि मन्त्रालयका सचिव योगेन्द्र कार्कीले जानकारी दिए ।
उनले भने, “केही दिनमा नै उक्त वेबसाइट सार्वजनिक हुनेछ ।” वेबसाइटमा किसानको नाम, उसले गर्ने खेतीको क्षेत्र, किसानको सङ्ख्या, परिवारका सदस्य सङ्ख्या, उमेर, उत्पादन, वार्षिक आम्दानी तथा खर्च, बजारसँग पहुँच, सरकार तथा अन्य क्षेत्रबाट पाउने सुविधा, जमिनको किसिम, सिँचाइको उपलब्धता, सिञ्चित क्षेत्रफल, जग्गाको ‚वामित्व, पशुपन्छीपालन तथा बाली उत्पादन विवरण, कृषि व्यवसायी, फार्म, उद्यमीलगायतका विषयको विवरण राखिने मन्त्रालयले जनाएको छ ।
एउटा किसानको सम्पूर्ण विवरण सरकारले सङ्कलन गरेर किसानको तह निर्धारण गर्नेछ ।
सोही तहअनुसार किसानलाई सुविधा दिनुका साथै कृषिको योजना तथा कार्यक्रम तयार गरिनेछध्र किसानको विवरण तयार गरी पहिचान दिइसकेपछि ती किसानलाई परिचयपत्र उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले सफ्टवेयर सञ्चालनका लागि सातै प्रदेश तथा जिल्लामा तालिम सम्पन्न गरिसकेको छ । प्रदेशले सो सफ्टवेयरका बारेमा स्थानीय तहलाई तालिम दिन सुरु गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रधानन्यायाधीश जबराको भूमिकाप्रति प्रश्न उठाउँदै संविधान संसोधनको माग
काठमाडौं । न्यायपालिकाको नेतृत्वका रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाप्रति प्रश्न...अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !
काठमाडौं । कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको...नेपालबाट कतारमा श्रमिक लैजान मागपत्रमै सेवा शुल्क उल्लेख गर्नुपर्ने
काठमाडौं । कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क...अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने...राजस्व छलीको घटना धमाधम बाहिर आउँदै
काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको...प्रधानमन्त्री ओलीलाई हटाउन कानुनी रूपमै असहज
काठमाडौं। नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान...थप ५० लाख खोप किनिँदै
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको...कर्मचारीबाटै सहकारीको १८ लाख हिनामिना
सेफको नक्कली चाबी बनाएर रकम चोरी, श्रीमान्–श्रीमती पक्राउ काठमाडौं । चोरीको नाटक गरी सहकारीको रकम...अब छिनोफानो संसद्बाटै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि राजनीतिकरुपमा विभाजित नेकपा...चुनावका नाममा आयोगको १० करोड खर्च
सबैभन्दा बढी रकम तालिम, गोष्ठी र बैठक भत्तामा खर्च काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक...
