Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

शिविर कुर्दै बुढेसकाल

मोरङ । छत्रमाया राईले भुटान छाडेको ३० वर्ष नाघ्यो । अनेक हन्डर खाँदै मोरङको पथरी शनिश्चरे शरणार्थी शिविरमा जीवनको उर्वर समय बिताइन् । यो बीचमा न भुटान फर्किन सकिन् न त नेपाली भन्न सक्ने कानुनी आधार प्राप्त गरिन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - भन्छिन्, ‘न यताको न उताको, बाटोको जुत्ता जस्तै हाम्रो जिन्दगी ।’ छाडेर जाने आफन्त तेस्रो देश पुनर्वासमा गए । नौ जनाको परिवारमा शिविरको झुपडी कुर्ने राई दम्पती र वृद्धा आमा आशामती मात्रै छन् ।

छत्रमायाका दुई छोरा अमेरिका भासिएको तीन वर्ष भयो । उनीहरू फोन गर्न समय मिल्दैन भन्छन् । मुस्किलले एक महिनामा सन्तानसँग बात मार्छ राई दम्पती । भन्छिन्, ‘छाडेर जानेहरूलाई छाडिनेको माया लाग्दैन सायद । छाडिसकेको गुँड सम्झेर को पो आउला र ?’
छत्रमाया चार वर्षअघि पति मनबहादुरसँग आफन्त भेट्न भारतको सरलपाडा पुगेकी थिइन् । फर्किंदा लाभरघोटे जंगलमा बम विस्फोटमा परे । उनीहरू नराम्रोसँग घाइते भए । मनबहादुरलाई त ६ महिना अस्पताल राख्नुपर्‍यो । बिरामी मनबहादुर र वृद्धा सासू आशामतीसँगै दिन काटिरहेकी छन् छत्रमाया ।

भुटानको गाउँको माया लागिरहन्छ । त्यहाँ आफ्नै घर थियो । जग्गा थियो । पाखो नै भए पनि भकारीभरि अन्न फल्ने बारी थियो । गाउँ सम्झिँदै भन्छिन्, ‘कोदो, गहुँ, मकै खुब फल्थ्यो । पाखाभरि पहेंलपुर सुन्तला झुल्थे । यहाँ त एउटा रूख समेत रोप्न पाइएको छैन । अर्काको ठाउँमा जति नै गरे पनि आफ्नो नभइने रहेछ ।’

उनीहरूले असुरक्षा महसुस गरेपछि भुटान छाडेका थिए । काखे बच्चाहरू बोकेर कैयौँ दिन जंगलै जगल हिँडे । जीवनभरको कमाइ दुइटा डोकोमा बोके । गाउँ छाडेको २० आँै दिनमा मात्रै उनीहरू नेपाल आइपुगेका थिए ।

यो ३० वर्षमा न कुनै आधिकारिक परिचय बन्यो आशामतीको न त प्रमाणित कुनै कागजात । ८१ वर्षीया आशामतीले वृद्ध भत्ता समेत पाउँदिनन् । उनीहरू आउँदा जंगल फाँडेर बनाएको स्याउलाको घर अहिले बाँसको चोयाले अड्याइएको छ । रातोमाटोले लिपपोत गरेर चिटिक्क बनाइएको छ । अलिअलि रकम जम्मा गरुँभन्दा बैंक खातासम्म खोल्न पाइँदैन । आफ्नो नाममा घरजग्गा जोड्ने रहर अधुरै छ । नागरिकता अभावमा जग्गा पास गर्न सक्ने अवस्था छैन ।

आशामती भन्छिन्, ‘उमेर ढल्किँदै गएपछि आफ्नाहरूको रहर लाग्ने र’छ । आफ्नो घर, आफ्नो सन्तान, परिवार । सानो होस् आफ्नै घरमा मर्न पाए पनि हुन्थ्यो ।’ उनीहरूजस्तै धेरै भुटानी शरणार्थीले आफ्नोपनको आभाष गर्न पाएका छैनन् ।

मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरका अधिकांश घरमा वृद्धवृद्धा देखिन्थे । बाँसबाट बनेका अधिकांश घरमा ताला लागेको थियो। धेरै भुटानी शरणार्थी तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत विदेश उडिसके । परिवारको माया, विदेश जान नचाहने, भुटान फर्कन चाहने र केही अपांगता व्यक्ति भने पुनर्वासमा जान सकेनन् । उनीहरू शिविरमै अलमलिए। टाढिएका आफन्त र सन्तानसँगको पुनर्मिलनको आसमा बसिरहेका उनीहरू केही उदास र हतास देखिन्थे ।

शिविरको पल्लो कुनामा ढुंगा खात लगाउँदै गरेको अवस्थामा भेटिएकी थिइन्, खोटाङकी अनिता भुजेल । उनी बिहे नगर्दासम्म नेपाली थिइन् । तर, भुटानी शरणार्थी केदारनाथ भुजेलसँग बिहे गरेपछि नेपाली नागरिक रहिनन् । उनको नाम पछाडि ‘भुटनिज’ जोडिएको छ । तर, उनलाई अहिलेसम्म थाहा छैन भुटान कहाँ छ र कस्तो छ ? उनी त्यहाँको नागरिक बन्न पाउँछिन् वा पाउँदिनन् ?

विराटनगर आफन्तकहाँ गएको बेला केदारनाथसँग भेट भएको थियो २० वर्षअघि । उही उनीहरूले मन साटे । मायाले परिचय र देश खोजेन उनीहरू एक भए । बिहेपछि उनको नेपाली परिचर गायव जस्तै भयो । बाबुआमा सानैमा गुमाएकी उनी दाजुभाइ र आफन्तसँग पनि सम्पर्कमा छैनन् । जन्मेको घरमा केही बाँकी छैन । परिवार जस्तै छिन्नभिन्न भयो उनको नेपाली परिचय पनि ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies