Khabar Dabali Logo
  March 8, Mon

पूर्वराष्ट्रपति डा. यादव भन्छन्– राष्ट्रपति र प्रधानमन्त्रीको कदमले लोकतन्त्रमा ग्रहण

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको लोकतन्त्रमा ‘ग्रहण’ लागेको बताएका छन् । शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र बिपी कोइराला तथा बिपी विचार–संग्रह पुस्तकको जनकपुरधाममा शुक्रबार लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा. यादवले राष्ट्रपति र प्रधानमन्त्रीको कदमले नेपालको लोकतन्त्रमा ग्रहण लागेको बताए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ‘मुलुकको इतिहासमा पटक–पटक लोकतन्त्रमा ग्रहण लाग्यो,’ पूर्व राष्ट्रपति डा. यादवले भने, ‘एकपटक फेरि ग्रहण लागेकाले लोकतन्त्रलाई बचाउन सबैले मिलेर भूमिका खेल्नुपर्छ ।’ राजनीतिक दलहरू लोकतन्त्रको खम्बा रहेको बताउँदै पूर्व राष्ट्रपति डा. यादवले भने, ‘तर, अहिले सबभन्दा ठूलो दल नै विभाजित छ भने अर्को दोस्रो ठूलो दल नेपाली कांग्रेस पनि ठीक अवस्थामा छैन ।’

राष्ट्रपति भण्डारीले निष्पक्ष हुनुपर्नेमा कुनै खास पार्टीको सदस्यजस्तो कुनै दलसँग परामर्श नै नगरी संसद् विघटन गरेको पूर्वराष्ट्रपति डा. यादवले आरोप लगाए । ‘पार्टीभित्रको विवाद समाधान नगरी प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभयो, तर राष्ट्रपतिले कुनै दलसँग परामर्श नगरी संसद् विघटनका सबै संवैधानिक प्रक्रिया मिचेर प्रधानमन्त्रीको सिफारिसलाई एकै पटक अनुमोदन गर्नुभयो,’ पूर्व राष्ट्रपति यादवले भने ।

राष्ट्रपति भण्डारीले संविधानको रक्षा नगरेको पूर्व राष्ट्रपति यादवको भनाइ छ । चुनाव गराउने नाममा असंवैधानिक कार्य भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति डा. यादवले भने, ‘चुनावका नाममा संविधानको खिल्ली उडाउने कि संविधानलाई बचाउने ? संसद् पुनस्र्थापना भएन भने देश कता जान्छ ?

फागुन ८ गते, २०७७ - ०७:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…

काठमाडौं । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश...   
हराए लालसेना, बिलाए सपना

हराए लालसेना, बिलाए सपना

काठमाडौं । जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे ।...   

घुस दिन खोज्ने ट्रक चालक पक्राउ

चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार...   
राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

काठमाडौं । बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर...   

सभामुखको व्यवहारको आधारमा संसद् अवरुद्ध गर्ने ओली समूहको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद...   

पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ...   

सत्ता खेलमा अल्झिँदै सांसद्

काठमाडौं । नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदैछ...   

नेकपा विवाद : आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

काठमाडौं । चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन...   

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने...   

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top