
गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?

-
-
फागुन ८ गते, २०७७ - ०७:४१

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट १५ जनालाई आममाफी दिइएको छ । विभिन्न मुद्दामा फरार भई अदालतबाट दोषी ठहर भएकालाई पनि उनीहरूको सम्पूर्ण कैद र जरिवाना माफी गरिएको छ । राजनीतिक मुद्दामा मात्र यसरी माफी दिन मिल्नेमा सत्तारुढ नेकपाका निकट केही कार्यकर्तालाई पूरै मुद्दाबाट माफी दिइएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले पाँच सय ८० जना कैदीलाई आधा कैद छुट दिने र १५ जनालाई पूरै अपराधबाट माफी दिने निर्णय भएको छ । गृह मन्त्रालयले यसरी पूरै माफी पाउनेको मुद्दा विवरण सार्वजनिक गरेको छैन । स्रोतका अनुसार यसमा नेकपाका कार्यकर्ता छन् ।
राष्ट्रपतिबाट यसरी सम्पूर्ण कैद र जरिवाना माफी पाउनेमा सिराहाका पाँच र दाङका नौ जना छन् । सिराहाका सुरेद्र यादव, दिलीपकुमार साह, अमरेन्द्र यादव, अशोककुमार यादव र रामविलास यादव छन् ।
त्यस्तै, दाङका शेरबहादुर चौधरी, युवराज सुवेदी, मदन परियार, साधुराम चौधरी, सुनील चौधरी, पनिलाल चौधरी, कुशलराम चौधरी, कालुराम चौधरी, हरिप्रसाद सेरपाइली र शिवराज गिरी छन् । उनीहरूमध्ये आठ जना कारागारमा रहेकोमा पूरै माफी पाएर छुटेका छन् ।
संविधानको धारा २७६ अनुसार उनीहरूले माफी पाएका छन् । सो धारामा छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ ।’ खासगरी राजनीतिक प्रकृतिका मुद्दा यसरी फिर्ता लिन सक्ने मनसायअनुसार सो अधिकार राष्ट्रपतिलाई दिए पनि यसको दुरुपयोग भएको कानुनविद्हरू बताउँछन् ।
कुन मुद्दाका कति छुटे ?
त्यस्तै सरकारले विभिन्न मुद्दामा जेलमा रहेका पाँच सय ८० जनालाई आधा कैद छुट दिएर छाडेको छ । जमध्ये दुई सय ६१ जना कर्तव्य ज्यान मुद्दाका कैदी छन् । त्यस्तै सवारी ज्यान मुद्दामा एक सय २०, बहुविवाह मुद्दामा ८४, डाँका–चोरीका मुद्दामा ५२ र अन्य विविध मुद्दामा ३५ जना छुटेका हुन् ।
यसपटक सरकारले फौजदारी कसुर (कैद कट्टा) नियमावली संशोधन गरेर धेरै कैदीलाई छाड्ने निर्णय गरेको हो । यसअघि बहुविवाह कैद छुट दिन नमिल्ने सूचीमा रहेकोमा त्यसलाई संशोधन गरिएको छ । त्यससम्बन्धी अपराधमा जेल परेका ८४ जना छुटेका छन् ।
असल चालचलनका नाममा नकारात्मक सूचीमा रहेका मुद्दाबाहेकका कैदीलाई प्रजातन्त्र दिवस, संविधान दिवस तथा गणतन्त्र दिवसमा अवसरमा छाड्ने गरिएको छ । यसले फौजदारी न्याय प्रणालीलाई नै कमजोर बनाएको र अपराधीको मनोबल बढाउने प्रहरी अधिकारीहरू बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वैदेशिक रोजगारीमा ठगी : म्यानपावर सञ्चालक जेल, पीडितको तीन करोड डुब्यो
काठमाडौंं। बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ...विद्युतीय चुरोट स्वास्थ्यकाे लागि हानिकारक
काठमाडौं । युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको...आठवटा खोप भण्डार गृह स्थापना सुरू
काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस...रेल सञ्चालनमा अझै अनिश्चितता बढ्याे
काठमाडौं । पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा...नेकपा विवाद टुंगो नलागेसम्म कांग्रेस कतै नलाग्ने
काठमाडौंं । गोरखाको पालुङटारमा तीन वर्षअघि वाम गठबन्धनको चुनावी सभामा तत्कालीन एमाले अध्यक्ष केपी...निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा...छोरीको दरबन्दीमा बाबु जागिरे
पर्सा । पर्साको ठोरी गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा एक कार्यालय सहयोगी पदमा छोरीको दरबन्दीमा...के छ ओलीको अबको रणनीति ?
काठमाडौं। नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति...सरकारमा जाने लाइनमा जसपा
काठमाडौं । जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ ।...सरकारले तीन वर्षदेखि लुकायो राष्ट्रिय सुरक्षा नीति
काठमाडौं । सरकारले तीन वर्षअघि मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक दस्ताबेज ‘राष्ट्रिय सुरक्षा...
