Khabar Dabali Logo
  March 1, Mon

प्रधानमन्त्री ओलीबाहेकले सूर्य चिन्ह दाबी गर्न मिल्दैन : मन्त्री रायमाझी

पाँचथर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेकाले उक्त चिन्ह दाहालको नेतृत्वले पाउन नसक्ने बताए ।

“प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही कसरी दाबी गर्न मिल्छ”, रायमाझीले भने “बरु उनले हसिया हथौडा चुनाव चिन्ह माग्न सुहाउँछ, सूर्य चिन्हबाट चुनाव लड्ने हो भने प्रम केपी ओलीले टिकट दिनुपर्छ ।”

सहमतिबाट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसक्ने भएपछि चोरबाटोबाट एकता भाड्न खोजेको मन्त्री रायमाझीको भनाइ छ । निर्वाचनबाट शंका नपाल्न आग्रह गर्दै उहाँले चुनावमा आउन नेपाली काँग्रेसलगायतका पार्टीलाई आह्वानसमेत गरे ।

सभालाई सम्वोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले देश समृद्धिको बाटोमा हिँड्न थालेपछि प्रधानमन्त्री ओलीलाई हटाउने योजना बनाउने काम भए पनि सफल हुन नसकेको बताए । अब ताजा जनादेशका लागि निर्वाचनमा जुट्न उनले जिल्लावासीलाई आग्रहसमेत गरे ।

सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिने प्रचण्ड–माधव आफैँ असफल भएको जिकिर गरे । जिल्लाका सात गाउँपालिकामा गाउँपालिकास्तरीय सभा सम्पन्न गरी आज फिदिममा जिल्ला स्तरीय सभा सम्पन्न गरिएको हो ।

फागुन ७ गते, २०७७ - २०:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै

बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको...   

पन्ध्र करोड राजश्व छली, राठीसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौ । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक...   

अदालतको अवहेलना गरेको छैन : अध्यक्ष प्रचण्ड

काठमाडौ । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अदालतको कार्यसम्पादनमा...   

पार्टी एकताका लागि पहल गर्छौँ : नेता भट्टराई

धनुषा । नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले...   

नक्कली फेसबुक पेज बनाउने पोखरेल पक्राउ

काठमाडौ । प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको...   

कैदीबन्दीबीच झडप हुँदा तीन नाइकेसहित पाँच जना घाइते

तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके...   

विप्लव समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौँ : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै...   

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला

बागमती । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई...   

कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन जना पक्राउ

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको...   

प्रधानमन्त्री ओलीका पक्षमा सय बढी सांसद : मुख्य सचेतक भट्टराई

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top