Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

शहीदको सपना पूरा गर्छौँ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश नं १ सरकारद्वारा ७१ औँ राट्रिय प्रजातन्त्र दिवस–२०७७ को उपलक्ष्यमा आज यहाँ आयोजित समारोहमा मूल समारोह समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री राईले २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानीयाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता प्राप्ति गरेको ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र दिवश मनाइरहेका स्मरण गरे।

“संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र स्वाभिमान अझ माथी उठाउँदै, त्यसलाई सबल र सुदृढ गर्दै नवनेपाल निर्माणको ऐतिहासिक अभिभारा बोकेर, विशाल एवं फराकिलो यात्रामा सहभागी भइरहेका छौँ”, उनले भने । मुख्यमन्त्री राईले मुलुक यतिबेला विकास र आर्थिक समृद्धिको नयाँ युगमा छ भन्दै प्रदेश आवधिक योजनाको तर्जुमा गरी स्वच्छ, सुखी र समुन्नत प्रदेशको अवधारणासहित राष्ट्रिय आकांक्षामा आबद्ध भएको बताए।

मुख्यमन्त्री राईले मुलुकमा पटकपटकका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर पहिलो पटक सङ्घीय ढाँचामा आधारित शासन प्रणाली अबलम्वन गरिएको चर्चा गरे । उनले सङ्घीय सरकारसँगको समन्वयमा यस प्रदेशमा सबै जनताबीच कोरोनाविरुद्धको खोप प¥याइने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गरी प्रदेश संरचना कमजोर बनाउने उद्देश्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावलाई ल्याइएको तर्क गरे।

कार्यक्रमा प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासीको उपस्थिती थियो । सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सम्मान अर्पण गरेको थियो । प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा झण्डोत्तोलन गरेका थिए।

यसैगरी आज बिहान ट्राफिक चोकबाट निस्केको प्रभातफेरी सन्सारीमाई, रोडशेष चोकको परिक्रमा गरी मुख्यमन्त्री कार्यालयमा आयोजित सभामा परिणत भएको थियो । प्रभातफेरीमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतलगायत राज्यमन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्य, सङ्घीय तथा प्रदेश कार्यालयका कर्मचारी सुरक्षाकर्मीको सहभागिता थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies