Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

बन्दीको कैद समय छुट दिने सरकारको निर्णय

काठमाडौ । सरकारले शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा कारागारमा रहेका बन्दीको कैद समय छुट दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यही माघ १५, माघ २९ र फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जिल्ला प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानी व्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेकालाई सरकारले त्यस्ता कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरेको जानकारी दिए ।

उनले मन्त्रिपरिषद्ले कैदीलाई छुट दिने निर्णयको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पेश गरेको जानकारी दिए । उनले प्रमाणीकरण गरेर आइनसकेकाले कति बन्दीलाई छुट दिएको भन्ने जानकारी प्राप्त नभएको बताए ।

बैठकले नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय गरेको छ । यस्तै नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रजिष्ट्रार पदमा निर्मला पौडेल (भट्टराई) लाई बढुवा गर्ने निर्णय गरेको छ ।

यस्तै सेनानी धु्रवराज दाहाललाई सेनानी दर्जाको उमेरको हदले अवकाश हुने मितिभन्दा एक महिना अगाडिदेखि लागू हुने गरी प्रमुख सेनानी दर्जामा बढुवा गर्ने र नेपाली सेनाका प्राविधिक सहायकरथी डा सुशीलबहादुर रावलको राजिनामा समेत बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए ।

यस्तै नेपाली सेनाका पाइलट प्रमुख सेनानी प्रतापबहादुर बोहरालाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई ५० श्ययाको आधुनिक सरुवा रोग अस्पताल विकास तथा सञ्चालन गर्नका कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं ५ मा रहेको पूर्वपश्चिम राजमार्गदेखि उत्तरपट्टि रहेको कूल नौ बिघा राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न सरकारले स्वीकृत दिएको छ ।

यस्तै योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा अनुपकुमार श्रेष्ठ, सदस्यमा डा देवकला भण्डारी, डा राजकिशोर शाह, रामकुमार घिमिरे र रामचन्द्र न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा भरतपुर महानगरपालिकाका बद्रीप्रसाद अधिकारीलाई तोक्नेसमेत निर्णय गरेको छ । यस्तै सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ दफा १२ को उपदफा (८) बमोजिमको एकीकृत अभिलेख रहने व्यवस्था कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र रािष्ट्रय अभिलेखालयमा गर्ने निर्णय गरिएको छ ।

यस्तै भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी सार्वजनिक खरीद (तेस्रो संशोधन) कार्यविधि २०७७ स्वीकृत, औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७७ स्वीकृत, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफल) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरिएको छ ।

जलविद्युत्सँग सम्बन्धित तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको अडिट २ का लागि पहुँचमार्ग निर्माण र बाँफीकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाको सवस्टेशन निर्माणका लागि जग्गा प्राप्त गर्न क्रमशः सहायक प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई र सहायक लेखा अधिकृत सन्तोष पोखरेललाई प्रारम्भिक कारवाही गर्ने अधिकारी तोक्ने निर्णय गरिएको छ ।

नेपाल सरकारको मिति २०७७÷०९÷२० को निर्णयानुसार नेपाली महावाणिज्य दूतावास, छेन्दुको स्वीकृत दरबन्दीअनुसार कूटनीतिक कर्मचारीका लागि वैदेशिक भत्ता र स्थानीय कर्मचारीका लागि पारिश्रमिक तोक्ने निर्णय गरिएको छ ।

यस्तै उद्योग प्रतिष्ठानले २०७६ चैत महिनाको पारिश्रमिक बन्दाबन्दी अवधिसमेतका लागि साविकबमोजिम पारिश्रमिक भुक्तानी गर्ने, २०७७ वैशाख महिनाका लागि ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने र २०७७ जेठको हकमा बन्दाबन्दीका कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत भुक्तानी दिने निर्णयसमेत गरेको मन्त्री गुरुङले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies