Khabar Dabali Logo
  March 6, Sat

जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री साह

रौतहट । शहरी विकासमन्त्री प्रभुु साहले जुुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उदघोष गरेका छन् । रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने जिकिर गरे।

उनले सोही अवसरमा दोहोरो चरित्रका कारण नेपाली काँग्रेस साँघुरिँदै गएको बताए । डिभिजन सडक कार्यालयद्वारा आज आयोजित पक्की सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले काँग्रेसका केही नेता अदालतको फैसला हेर्ने बताइरहेका छन् भने अर्काथरी आन्दोलन गरेर दोहोरो चरित्र प्रदर्शन गरिरहेका उल्लेख गरे ।

उनी यसअघि शहरी विकासमन्त्री हुँदा सोही मन्त्रालयबाट स्वीकृत बाल्चनपुर जङ्गलसहीया र खतवहिया परसवा पक्की सडकको उद्घाटन गरे । रमन सगरमाथा जेभीद्वारा रु १६ करोड ३८ हजार २६९ को लागतमा बाल्चनपुर जंङ्लसहीया सडकमा १० किलोमिटरमा र रु नौ करोड ११ हजारको लागतमा खतवहिया परसवा सात किलोमिटर कालोपत्र भएको सघन शहरी तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रञ्जन दाशले जानकारी दिए ।

त्यसैगरी मन्त्री साहले बाल्चनपुर जङ्गलसैया सडकखण्डअन्तर्गत गुजरा नदीको पुलको शिलान्यास गरेका छन् । कूल रु छ करोड ८५ लाख ४३ हजार लागतमा निर्माण हुन लागेको ५० मिटर लम्बाइ ११ मिटर चौडाइको पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुुख विनोदकुमार मौवारले जानकारी दिए ।

बाल्चनपुर जङ्गलसैया सडकखण्डमा पुलको अभावमा वर्षेनी वर्षायाममा गुजरा नदीमा विभिन्न दुर्घटना हुँदै आएका छन् । उक्त कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुुश्वाहा, कटहरियाका प्रमुख सियाराम कुश्वाहा, मौलापुरका प्रमुख रिनाकुमारी साह, प्रमुुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक सिद्धीविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक सुरजसेन ओलीलगायतले विकासका लागि सडक पूर्वाधार नै पहिलो खुुड्किलो रहेको बताउँदै सराहना गरेका थिए ।

फागुन ६ गते, २०७७ - २०:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा

महोत्तरी । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने...   

कञ्चनपुरमा साँझ दोहोरो भिडन्तमा एक भारतीयको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा आज साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो...   

दोलखामा नेपाल टेलिकमको फोरजी विस्तार

चरीकोट । दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा आएको छ । टेलिकमको...   

देशले विकासको गति लिई सक्यो, अब मुलुक पछाडि फर्कदैन : प्रधानमन्त्री ओली

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने स्थिति नरहेको...   

नेपालको बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग

काठमाडौ । नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति...   

२७ वर्षीय शिक्षक मृत फेला

डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई...   
बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : अर्थमन्त्री पौडेल

बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : अर्थमन्त्री पौडेल

लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका...   

अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले भुक्तानी पाएन एक करोड

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि...   

रेमिट्यान्स दुरुपयोगले बढाउँदै सम्बन्धविच्छेद

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका...   

यी दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग

वाग्मती । वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top