
प्रचण्ड र ओलीको जस्तो ठुलो जुलुस निकाल्ने पैसा हामीसँग छैन : देउवा

-
-
फागुन ६ गते, २०७७ - १७:०४

कास्की । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड र ओलीले जस्तो ठूलो जुलुस ल्याउन नसक्ने र त्यसका लागि पैसा पनि नभएको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबार उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै देउवाले संसद् विघटन संवैधानिक, असंवैधानिक भए पनि जुलुस निकाल्न सक्ने अवस्था नभएको बताएका हुन् । उनले भने, ‘जुलुस निकाल्न हामीसँग पैसा पनि छैन । ठाउँठाउँमा जबर्जस्ती बोलाउन पनि सकिँदैन’ देउवाले भने, ‘कि त प्रचण्डको जुलुस ठूलो होला कि त ओलीको हुन्छ । हाम्रो त हुँदैन । जुलुसकै आधारमा गर्ने हो भने अदालत किन चाहियो ।’
कांग्रेसमा क्रियाशील सदस्यलाई अनिवार्य बोलाए पनि जुलुसमा नआउने उनले बताए । ‘क्रियाशील लिनेबेला मारामार हुन्छ । चुनावमा क्रियाशील सबैलाई चाहिन्छ तर मिटिङमा कहिल्यै आउँदैनन्’, उनले भने, ‘जुलुसमा झन् के आउँथे उनले भने ।
प्रधानमन्त्री केपी ओलीले हठात् संसद् विघटन गरेर देशमा धेरै ठूलो ध्रुवीकरण गरेको देउवाको भनाइ थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...

प्रतिकृया लेख्नुहोस्:
- प्रचण्ड र नेपाल पक्ष पनि छुट्टियो, माओवादी, एमाले छुट्टै पार्टीमा रहने निर्णय
- एमालेको पदाधिकारी र स्थायी समितिमै ओली अल्पमतमा ! सुचि हेर्नुहोस् को कता ?
- प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक शुरू
- राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह
- महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी