
डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता आपतकालीन प्रयोगका प्रदान

-
-
फागुन ४ गते, २०७७ - १५:५९

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ ।
अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।
डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्स मार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् ।
भारत र दक्षिण कोरियाबाट अस्ट्राजेनिकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी छन् । यस खोपबाट सन् २०२१ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको करिब ३।३ प्रतिशतलाई खोप लगाउन पर्याप्त हुनेछ ।
कोभाक्सका लागि सेरम इन्स्टिच्यूटबाट अस्ट्राजेनिकाको २४ करोड, दक्षिण कोरियाबाट अस्ट्राजेनिकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ ।
यी खोपहरु दुई डोज लगाउनु पर्दछ ।
६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि अस्ट्राजेनिकाको खोप लगाउन मिल्ने डब्लुएचओले जनाएको छ । डब्लुएचओको विज्ञ सल्लाहकार समूहको बैठकले अस्ट्राजेनिकाको खोप ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि दिन सिफारिस गरेको छ ।
यसअघि पर्याप्त तथ्याँकको अभावमा खोपको प्रभावकारिता आँकलन गर्न कठिन भएको पनि डब्लुएचओले स्वीकार गरेको छ । एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...
