Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

तनहुँसुर ‘इको ट्रेक’ को सम्भावता अध्ययन

दमौली । तनहुँको व्यास नगरपालिका–११ मा जैविक विaविधता संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ । मूलपानीबाट तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रवद्र्धन, वातावरणीय सेवा र ऐतिहासिक धरोहरको संरक्षणका लागि इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको हो ।

वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकूल असर पर्दै गइरहेको अवस्थालाई मध्यनजर गरी पर्यटनविज्ञसहितको टोलीले सो मार्गको सम्भाव्यता अध्ययन गरेको हो । प्राकृतिक एवं ऐतिहासिक सम्पदा, धार्मिक र सांस्कृतिक धरोहरको संरक्षण गर्न सडक मार्गको विकल्पका रूपमा इको ट्रेक स्थापनाका लागि पहिलो चरणको सर्भे सम्पन्न भएको पर्यटनविज्ञ हरिसिं गुरुङले जानकारी दिए । मूलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त टे«क समुद्र सतहबाट ५०० मिटरको उचाइबाट शुरु हुने र एक हजार २५० मिटरको उचाइमा समाप्त हुनेछ ।

सो क्रममा ट्रेकिङ रुटमा पर्ने समुदायसँग छलफल, पर्यटकीय सम्पदाको पहिचान, नक्साङ्कन, वन्यजन्तु तथा वनस्पतिको वर्तमान वस्तुस्थिति विश्लेषण, पूर्वाधार विकास गर्नुपर्ने क्षेत्रको छनोट गरिएको छ । पर्यटकीय गतिविधि बढ्दै जाँदा प्राकृतिक र सांस्कृतिक वातावरण र स्थानीय पहिचान पनि संरक्षण होस् भन्ने हेतुले इको टे«कको अवधारणा अगाडि बढाइएको गुरुङले जानकारी दिए ।

ट्रेक स्थापनाका लागि विगत छ महिनादेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अग्र्यानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धनलगायतका विषयमा प्रशिक्षण दिइँदै आएको छ । स्थानीयवासीमा पर्यावरणसम्बन्धी सचेतना भए मात्र इको पर्यटनका गतिविधि सफलतापूर्वक सञ्चालन हुने भएकाले सचेतना अभिवृद्धिका कार्यक्रमलाई पहिलो चरणमा प्राथमिकता दिएको गुरुङले जानकारी दिए ।

तीन तहका सरकार, सङ्घसंस्था र स्थानीयवासीको सहभागितामा आगामी वैशाखसम्म योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नयाँ वर्ष २०७८ को अवसरमा रुट परिचयात्मक कार्यक्रमसमेत राखी सञ्चालनको घोषणा गरिने बताइएको छ । रुट सञ्चालनपूर्व रुटको वरिपरि हरियाली र आकर्षक देखिने खालका वृक्षरोपण गर्ने, केही अप्ठ्यारो ठाउँ मिलाउने, साइन बोर्ड, सूचना पाटी राख्नेलगायतका काम गरिनेछ । उनका अनुसार धेरै लामो र उकालो नभई तेर्सो, साधारण उकालो र धेरै घाम र ओसिलो पनि नभएकाले यो रुट अति नै सजिलो भएकाले जोकोहीले ट्रेक गर्न सक्नेछन् । “हरियाली वातावरण, ठाउँठाउँमा पानीको स्रोत, सांस्कृतिक गतिविधि अवलोकन, धार्मिकस्थल, पुरातात्विक सम्पदा पनि समेटिएकाले यो रुट अति नै उत्कृष्ट हुनेछ”, उनले भने ।

उक्त रुटमा पर्ने चमेरो गुफा एवं गुप्तेश्वर महादेव, भगवतीपानीलगायतका धार्मिक सम्पदालाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुङ्गीलगायतका विविधतालाई संरक्षण गर्दै स्थानीयवासीको आयआर्जनमा टेवा पुर्याउनु यस इको ट्रेकको प्रमुख उद्देश्य रहेको उनले बताए ।

संविधानसभा सदस्य रामचन्द्र पोखरेलले जैविक विविधताको संरक्षण अति महत्वपूर्ण भएकाले विकास गर्दा जैविक विविधतालाई विशेष ध्यान दिन आग्रह गरे । छ महिनादेखि स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाबीच यस क्षेत्रमा इको ट्रेककको विकास सम्बन्धमा अन्तरक्रिया र छलफल भइरहेको वडाध्यक्ष नीरबहादुर खड्काले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चमेरो प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण भए पनि संरक्षणको अभावले लोप हुने खतरामा पुगेको बताउँदै जैविक विविधता संरक्षणको पाटोमा बेलैमा सचेत हुन नसक्ने हो भने धेरै गुणकारी प्रजातिहरु लोप भएर जाने खतरा बढेको बताए ।

स्थानीयवासीलाई व्यावसायिक कृषि, वन र पर्यटन विकाससँग सम्बन्धित क्रियाकलाप सञ्चालनका लागि व्यास नगरपालिका र एसजिपी, जिइएफलगायतका कार्यक्रममार्फत सहयोग भएकोे तनहुँसुर देवस्थल घरवास सञ्चालन समितिका सदस्य मनिषा रानाले जानकारी दिए ।

उक्त सर्वेक्षण टोलीमा संविधानसभा सदस्य पोखरेल, पर्यटनविज्ञ गुरुङ, डिभिजन वन कार्यालयका प्रमुख, ऊर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदी, व्यास नगरपालिका इञ्जिनीयर मिलन हड्खले, प्रवेश हड्खलेलगायत सञ्चारकर्मीको सहभागिता थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies