Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोरोनाका कारण पत्रकारिता क्षेत्र धरासायी बन्यो : गगन थापा

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताएका छन् । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उनले कोरोनाको सङ्क्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको बताए। मिडियालाई सरकार र राजनीतिक दलको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

कोरोनाका त्रास अझै बाँकी रहेको भन्दै उनले सबै मिलेर अहिलेको स्थितिलाई समाधान गनुपर्ने बताए। सो अवसरमा जिल्लाका दुई पत्रकार सूर्यप्रसाद अधिकारी र दिनेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यसैगरी चिकित्सा विधाअन्तर्गत भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवं नेपाल चिकित्सक सङ्घ चितवन शाखाका निवर्तमान अध्यक्ष डा प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डा सुदीपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा ओमकृष्ण पाठक, भरतपुर महानगर प्याब्सनका उपाध्यक्ष इन्दिरा कार्की, लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य फादर रोवी कु र अर्किड स्कूल भरतपुरका सहप्राचार्य ओमराज मैनाली, नेपाली सिने क्षेत्रकी नायिका आंँचल शर्मा र अभिनेता विपिन कार्कीलाई पनि सम्मान गरिएको थियो । खेल विधा अन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन । नवलपरासी–बर्दघाट सुस्तापूर्व जिल्ला फुटबल सङ्घका महासचिव लक्ष्मण कार्की, एएफसी फुटबल सङ्घका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदीप भण्डारीलाई सम्मान गरिएको हो ।

यस्तै युवा व्यवसायी सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्डका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित हुनुभएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं समाजसेवी टङ्कनाथ पौडेल र विमला पौडेल बस्नेतलाई समेत नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई नेता थापासहित वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मान गरेका छन्।

कार्यक्रममा नेपाली कांंग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, कांग्रेसका युवानेता राजकुमार राजभण्डारी, नेपाल चलचित्र कलाकार सङ्घका महासचिव चेतबहादुर सिंह ‘राजा’ लगायतले बोलेका थिए। सो अवसरमा साहित्यकार झमक घिमिरेद्वारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies