
स्वरोजगार सिर्जना गर्ने कार्यलाई थप प्रभावकारी बनाउने

-
-
फागुन ३ गते, २०७७ - २१:३०

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ‘सहकार्यमा आधारित साझेदारी कर्जा लगानी कार्यक्रम’ सञ्चालन गरी स्थानीय तहमा स्वरोजगार सिर्जना गर्ने कार्यलाई थप प्रभावकारी बनाउने भएको छ ।
कोषद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय स्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यावसायिक परियोजना सञ्चालन गर्न प्रदेश, स्थानीय तह र समान उद्देश्य भएका सङ्घ÷संस्थासँग सहकार्य गर्ने जनाइएको छ ।
कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोक्काले साझेदारीमा कर्जा लगानी कार्यक्रममार्फत सुलभ व्यावसायिक कर्जा उपलब्ध गराएर उद्यमशीलताको विकास गर्ने र मुलुकभित्र स्वरोजगार सिर्जना गर्न कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताए ।
उनका अनुसार कोषले स्वरोजगार तथा रोजगार सिर्जना गर्नका लागि प्रदेश, नगरपालिका, गाउँपालिकासँग बढीमा ३.५ प्रतिशत ब्याज दरमा कर्जा उपलब्ध गराउने छ । कञ्चनपुर, बारा, पर्सा, रौत्तहट, सर्लाही र धनुषालगायत तराईका २१ जिल्लामा ‘भकारी प्रविधियुक्त माछापालन’ मा लगानी गरी स्वरोजगारका अवसर सिर्जना गर्ने उनले जानकारी दिए । उनका अनुसार तराई–मधेश स्वरोजगार कार्यक्रमअन्तर्गत अटोरिक्सा, ठेलागाडामा दुग्धजन्य व्यवसाय, फलफूल, तरकारी, चटपटे र फास्ट फूड पसललगायत अन्य व्यवसायका लागि प्रविधिमा लगानी गरी स्वरोजगारका अवसर सिर्जना गर्न कर्जा उपलब्ध गराउने छ ।
उनले भने, “काठमाडौँ उपत्यकास्थित महानगरपालिका, नगरपालिका र समान उद्देश्य बोकेका स्वरोजगार तथा रोजगारसँग जोडिएका सङ्घ÷संस्थासँग समन्वय र साझेदारी गरी पार्क, चोक, गल्ली, सपिङ मललगायतका ठाउँमा ठेलागाडामा फास्ट फुड, तरकारी तथा फलफूल, दुग्घजन्य उत्पादन बिक्री आदि कार्यका लागि पनि कर्जा उपलब्ध गराइने छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको गोली हानी हत्या
अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई...भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा
बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको...आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु
मकवानपुर । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई...समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री ओली
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ...पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक
काभ्रेपलाञ्चोक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय...सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउँछौँ : अध्यक्ष नेपाल
मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको...नेप्सेमा फेरी पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट
काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत...पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई...तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा
बैतडी । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७...धवलागिरिमा किशोरी सम्मेलन
म्याग्दी । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय...
