
नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

-
-
फागुन ३ गते, २०७७ - ०९:११

काठमाडौं । कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ । भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए ।
उनीहरुसँगै सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भएको आंशंका गरिएको महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल भन्छन्, ‘केही व्यक्तिहरुमा नयाँ प्रजातिको आंशका गरिएको भए पनि जिन सिक्वेन्सी जाँच भने गरिएको छैन ।
कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु एस जिन नेगेटिभ आएकाले नयाँ प्रजातिको भाइरसको आशंका गरिएको भए पनि निश्चित भइसकेको छैन । आशंका गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ ।’ भेरियन्ट प्रजातिको नयाँ भाइरस हो होइन भन्ने पहिचान गर्नका लागि ‘जिनोम सिक्वेन्सिङ’ गरेर मात्र पत्ता लगाउन सकिन्छ । यो परीक्षण अहिले नेपालमा शुरु भइनसकेको र एक सातापछि शुरु हुने डा. पौडेल बताउँछन् ।
आशंका गरिएका व्यक्तिहरुको विदेश भ्रमणको तथ्यांक नभएको भए पनि जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न जिल्लाबाट यस्ता नमुना भने फटाफट आउन थालेका छन् । बेलायतमा पछिल्लो समय देखापरेका नयाँ भेरियन्ट कोरोना भाइरसको दाँजोमा ७० प्रतिशत छिटो फैलने गरेको छ र यो अहिलेसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा डोजर चल्यो
श्रीमान मन्त्री, श्रीमती नगर प्रमुख रौतहट । सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा रौतहटको मौलापुुरमा...हानिकारक ग्याँस आयातमा कडाइ
काठमाडौं । विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने...नेकपा विवाद : एक–अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह
काठमाडौं । संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन...ताप्लेजुङमा किन भइरहन्छ ठूला आगलागी ?
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका...मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमण : सुनसरीमा सबैभन्दा बढी
काठमाडौं । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ...पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै, क्यान्सर नभएको पुष्टि
काठमाडौं । पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व...महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार
धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । आजको कान्तिपुर...मोरङमा दुई जना वृद्धवृद्धाकाे स्यानिटाइजर सेवन गरेर मृत्यु
काठमाडौं । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा...खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने
काठमाडौं । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको...जनप्रतिनिधि ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटकाे दुरुपयोग गर्दै भ्रमणमा
विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट...
