Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

२० लाख खोप किन्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोनाविरुद्धका २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढाएको छ । भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप नै खरिद गर्ने सरकारको तयारी छ । तर, उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग मूल्यको कुरा अझै टुंगिसकेको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - खोप खरिदको प्रस्तावसहितको फाइल स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले व्यवस्थापन महाशाखामा पठाएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सचिव लक्ष्मण अर्यालले यस विषयमा थप छलफल गरिरहेका छन् । अर्थ मन्त्रालयले खोप खरिद गर्न दुई अर्ब विनियोजन गरिसकेको छ ।

भारतलाई बेचेकै मूल्यमै खोप उपलब्ध गराउन नेपालले सेरमलाई आग्रह गरेको छ । भारतले प्रतिडोज चार डलरमा खरिद गरेको थियो । तर, सेरमले नेपाललाई ढुवानी मूल्यसमेत गरेर प्रतिडोज साढे चार डलरमा मात्रै उपलब्ध गराउन सक्ने बताएको थियो । तर, पछिल्लो समय २० लाख डोज चार डलरकै मूल्यमा उपलब्ध गराउन कम्पनी सकारात्मक देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘हाम्रोतर्फबाट सबै तयारी पूरा भएको छ, खोप उत्पादन गर्ने कम्पनीले चार डलरमा दिने औपचारिक निर्णय गरेपछि तत्काल ल्याउँछौँ,’ व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले भने । स्वास्थ्य मन्त्रालयले सोझै कम्पनीबाट खरिद गर्ने उनले बताए ।

हालसम्म नेपालमा ‘कोभिसिल्ड’बाहेक अन्य खोपले प्रयोगको अनुमति पाएको छैन । यसअघि भारत सरकारले १० लाख डोज यही खोप अनुदानमा उपलब्ध गराएको थियो । आइतबारदेखि सुरु भएको पहिलो चरणको दोस्रो अभियानमा दुई लाख ६२ हजार आठ सय ७६ जनालाई खोप लगाउने सरकारको योजना छ । पहिलो अभियानमा एक लाख ८७ हजार आठ सय २५ जनाले खोप लगाएका थिए ।

भारतले अनुदानमा दिएको १० लाख डोजभित्रबाटै दोस्रो अभियान चलिरहेको छ । चार लाख ३० हजारलाई अनुदानको खोप लगाउने सरकारको लक्ष्य रहेको परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

पहिलो अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्मचारी, नेपाल प्रहरी, सीमामा खटिएका सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी र पत्रकारलाई दोस्रो अभियानमा खोप दिइनेछ । पहिलो चरणको खोप अभियान १४ माघदेखि ११ दिनसम्म चलेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies